दाङ जिल्लामा पाँच ठाउँमा जनयुद्ध दिवस

शुभकामना आदानप्रदान


दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका ५ ठाउँमा विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस मनाएको छ । राप्ती गाउँपालिका, लमही नगरपालिका, घोराही क्षेत्र र तुलसीपुरका २ ठाउँ गरी ५ ठाउँमा सयौँ जनताको उपस्थितिमा जनयुद्ध दिवस मनाइएको हो ।

नेकपाले राप्ती गाउँपालिकाको आयोजनामा प्रमुख अतिथि जिल्ला सेक्रेटरी भगवाणराज र अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीको उपस्थिति तथा निरन्तरको सहजीकरणमा अबिर तथा फलफूलसमेत वितरण गरेर २५ औँ जनयुद्ध दिवस मनाएको छ ।

यस्तै राप्तीका रोल्पा, सल्यान, रुकुमलगायतका विभिन्न ठाउँमा जनयुद्ध दिवस मनाइएको बताइएको छ ।

२५ औँ जनयुद्ध दिवसका अवसरमा अखिल (क्रान्तिकारी) दाङले स्मृति आवासीय माविमा शुभकामना आदानप्रदान गरेको छ ।

कार्यक्रमका वक्ताहरूले जनयुद्धको मूल नेतृत्वले बीचैमा धोका दिएर गए पनि आफ्नो पार्टीले सहिदका सपना पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका थिए ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल केसीको अध्यक्षता तथा सहिद परिवार समाजका केन्द्रीय सदस्य एवम् सहिद स्मृति आवासीय मावि विद्यालय व्यवस्थापन समितिका सदस्य रैबहादुर बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :