जनयुद्ध दिवसमा कालीकोटभर भव्य कार्यक्रम


कालीकोट : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले २५ औँ जनयुद्ध दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ ।

कालीकोट जिल्लाका लालु, माल्कोट, रूपसा, मेहेलमुडी, मुम्रा सिप्खाना, बदालकोट, खिन, भर्ता, चिलखाया, छाप्रेलगायत विभिन्न स्थानमा विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको नेकपा कालीकोटले जनाएको छ ।

जनयुद्धकालमा निकै चर्चित रहेको जिल्ला कालीकोटमा विद्रोही नेकपाले भव्य रूपमा जनयुद्ध दिवस मनाएको हो । विभिन्न ठाउँमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै नेताहरूले जनयुद्ध लड्दालड्दै बीचैमा प्रचण्डले धोका दिएको तर आफ्नो पार्टीले एकीकृत जनक्रान्तिमार्फत जनयुद्धका अधुरा सपना पूरा गरिछाड्ने बताए ।

यसै क्रममा एरिया नं ४ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदीपले जनयुद्धमा धोका दिएको भन्दै स्थानीय लबजमा ‘प्रचण्ड–बाबुरामका काँ छिया मामाका भैसाका हाल्यो खरक भएको’ ठोकुवा गरेका थिए ।

राणदीपले भने, ‘उनीहरूको आत्मसमर्पणका कारण न पार्टी रह्यो, न त चुनावचिह्न हँसिया–हथौडा रह्यो । न नयाँ शक्ति बन्यो, न त चुनावचिह्न रह्यो । उनीहरु अझै नसच्चिए योभन्दा झन् बेहाल हुने दिन आउनेछ ।’ उनले इमानदार माओवादीहरूलाई दलालहरूका विरुद्ध विद्रोह गर्न पनि अपिल गरे । कार्यक्रममा कलाकारहरूले जोसिला नृत्यहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :