युवा सङ्गठन नेपालले मनायो जनयुद्ध दिवस

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल कालीकोटले सान्नीत्रिवेणी गापामा २५ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ ।

जनयुद्ध दिवसमा सङ्गठनका अध्यक्ष आत्मा क्षेत्रीले कार्यक्रममा उपस्थित सहिद परिवार, घाइते योद्धा, बेपत्ता परिवार तथा उपस्थित सम्पूर्ण जनसमुदायलाई शुभकामना दिँदै जनयुद्धमा सहादत प्रप्त गर्ने सहिदका सपना, घाइते–अपाङ्गहरूको अधुरो यात्रा र श्रमजीवी सर्वहाराको सपनालाई साकार पार्ने र दलालहरूको अन्त्यका लागि प्रभावकारी सङ्घर्ष गर्ने बताए । उनले सम्पूर्ण नेपाली युवकयुवतीहरूलाई आफ्नो अधिकारका निम्ति फासिवादी सरकारसँग प्रतिवाद गर्दै अघि बढ्न अपिल पनि गरे ।

नेपाली युवाहरूले नेपाली भूमिमा आफैँ उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने र विदेशमा गएर विदेशीको थिचोमिचो र हस्तक्षेप नसहन उनले अनुरोध गरे । युवाहरू एकजुट भएर नेपालमा विदेशी चलखेल बन्द गर्नुपर्ने उनको भनाइ थियो । वर्तमान राज्यव्यवस्थामा केही दलालहरूको नेतृत्वले देशलाई नाङ्गो पारिसकेकाले युवाहरूको काँधमा देशको रक्षाको अभिारा आएको उनले बताए ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा कालीकोटका सहिद परिवार, बेपत्ता परिवार, घाइते योद्धा, युवा, बुद्धिजीवी, शिक्षक, महिलालगायत जनसमुदायको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :