सिन्धुपाल्चोकमा जनयुद्ध दिवस भव्य


काठमाडौँ : फागुन १ अर्थात् नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको मितिले २५ वर्ष आरम्भ भएको अवसरमा नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जनयुद्धको एक उद्गमस्थल मेलम्ची नगरपालिका ९ चंखु गुफाडाँडामा भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ ।

यो गाउँ सिन्धुपाल्चोकका प्रथम सहिद गोविन्द घलेको गाउँ हो । जनयुद्ध दिवसका अवसरमा नेकपा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सङ्कल्पले पार्टीको धारणा राखेका थिए । एमसीसी कार्यक्रममार्फत अमेरिकी सेना नेपालमा क्याम्प खडा गरेमा नेपालको स्वाधीनता र राष्ट्रिय अखण्डतामा गम्भीर खतरा निम्तिने भएकाले उक्त परियोजनालाई कुनै पनि हालतमा नेपालमा भित्रिन नदिने र जबर्जस्ती कार्यक्रम लागू गरिएमा त्यसका विरुद्ध युद्ध छेड्न बाध्य हुने इन्चार्ज सङ्कल्पले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :