दक्षिण चीन सागरमा जापान र अमेरिकाको प्राधिकार सम्भव छैन : तियान हुसँग

huksung-Copy

अध्यक्ष, सूचना तथा प्रविधि विभाग, युन्नान, प्रान्तिय जनसरकार चीन 

“माओ चीनका महान् नेता हुनुहुन्थ्यो । माओ नभएको भए नयाँ चीन बन्न सक्दैनथ्यो । नयाँ र विकसित चीन बन्न सक्दैनथ्यो । र, जुन संसारमा चीनको आज विशेष स्थान छ, त्यो पनि सम्भव हुँदैनथ्यो । ’’

»»हुक्सुङ महोदय, चीनको अरू प्रान्त र युनानको बीचमा के भिन्नता छ ?

मेरो विचारमा मुख्य तीनओटा भिन्नताहरू रहेका छन्– पहिलो, यस प्रान्तमा २५ प्रकारका बसोबास रहेका छन् । जसमा अन्य प्रान्तभन्दा समन्वयात्मक र सहयोगी रहेका छन् । जुन उत्कृष्ट चिनियाँ नमूना हो । यहाँ विभिन्न प्रकारका जातजाति रहेका छन् । उदाहरणको लागि कुन्मिङ र चिडिङ, जुन युनानको मध्य भागमा रहेका छन् । सहरी क्षेत्रमा तपाईं कहिल्यै ननासिने बसोबास देख्न सक्नुहुन्छ । यो पहिलो विशेषता हो । दोस्रो विशेषता, भौगोलिक भिन्नता हो । युनान भौगोलिक भिन्नता नै फाइदाजनक रहेको छ । यो दक्षिण–पश्चिम चीनमा पर्दछ । यसले भियतनाम, लाओस् र म्यानमारलाई छुन्छ । अन्य छिमेकी देश दक्षिण र पूर्वी एसिया रहेको छ, जसका कारण हामी सजिलै सांस्कृतिक र आर्थिक क्षेत्रमा प्रवेश गर्न सक्छौं । युनान प्रान्तको अर्को महत्वपूर्ण पक्ष दक्षिण र दक्षिण र दक्षिणपूर्वी एसियासँग सम्बन्ध विस्तार गर्ने प्रवेशद्वार हो । चिनियाँ राष्ट्रपति सि जिनपिङले एक पाटो एक बाटो परियोजना सुरु गर्नुभएको छ । यो परियोजनाको केन्द्रमा युनान प्रान्त छ । दक्षिण र दक्षिण पूर्वी एसिया जोड्नमा युनान प्रान्तको महत्वपूर्ण स्थान छ । ‘चीन र दक्षिण तथा दक्षिणपूर्वी एसिया मेला चीन र दक्षिण पूर्वी एसियाको सहयोगको आकर्षक सुरुआत हो । चीन र एसिया प्रदर्शनी मेला राज्यस्तरको महत्वपूर्ण घटनाका रूपमा रहेको छ । जसको आयोजना केन्द्रीय सरकारले गरेको हो । यसले युनान प्रान्तको दक्षिण तथा दक्षिणपूर्वी एसियाका देशहरूसँगको समन्वयात्मक सम्बन्ध वृद्धि गर्नेछ । युनानको अर्को विशेषता जैविक विविधता हो । हावापानी, संस्कृति, विकास रहेका वन्यजन्तु, वनस्पति र समुद्र सतहबाट ६७०० मिटर उचाइमा रहेको स्थानदेखि समुद्र सतहबाट केवल ७० मिटरमात्र उचाइमा रहेको भियतनाम नजिकको स्थान पनि युनानमा छ । आज युनान प्रान्त जीवजन्तु र बनस्पति राज्यजस्तै भएको छ ।

»»आजको अवस्थामा तपाई ंअध्यक्ष माओ त्सेतुङलाई कसरी सम्झिनुहुन्छ त ?

अध्यक्ष माओ चीनका महान् नेता हुनुहुन्थ्यो । माओ नभएको भए नयाँ चीन बन्न सक्दैनथ्यो । नयाँ र विकसित चीन बन्न सक्दैनथ्यो । र, जुन संसारमा चीनको आज विशेष स्थान छ, त्यो पनि सम्भव हुँदैनथ्यो । मैले भन्न खोजेको के हो भने माओ त्से तुङबिना चीन कम्युनिस्टमय बन्न सक्दैनथ्यो । त्यस्तै उहाँ महान् दार्शनिक, राजनीतिक र जनगायक पनि हुनुहुन्थ्यो । त्यसैले चिनियाँ जनता उहाँलाई सम्झिरहन्छन् । उहाँको योगदानले चीनमा विकास पत्ता लगाउन सहयोग पु¥यायो । उहाँ आजभन्दा ४१ वर्षअघि बित्नुभयो तर चिनियाँ जनता उहाँलाई सधँैभरि सम्झिरहनेछन् ।

»»चीनले भूमण्डलीकरणबाट सृजित समस्याको सामाधान कसरी गर्न सक्ला ?

वास्तवमा चीनले भूमण्डलीकरणको समस्यालाई पचाइसकेको छ । मिस्साडान्चवीपछि यो हामीले उठाइसकेका छौँ । यो प्रहरीले अभ्यास गरिसकेको छ । त्यसकारण चीनले भूमण्डलीकरणबाट पैदा भएको ठूलो नरसंहारलाई दबाउँदै आएको छ । हामीलाई भन्दा भूमण्डलीकरणको चुनौती अमेरिकालाई बढी छ । चीनले यसलाई कहिल्यै चुनौती ठानेको छैन । हामीले दृढतापूर्वक यस चुनौतीको सामना गरिरहेका छौँ । त्यसकारण चीन जटिलभन्दा जटिल समस्याको समाधान गर्न सक्षम छ ।

»»चिनियाँ जनकांग्रेसका सफल नेतृत्वहरू त्यस विषयमा के भन्छन् त ?

मुख्य राज्य र ठूला इन्टरप्राइजेजले चिनियाँ अर्थतन्त्रको नियन्त्रण गर्ने गर्दछन् । तिनले चीनको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका छन् । प्राइभेट इन्टरप्राइजेज र ठूला इन्टरप्राइजेजहरूले चीनको अर्थतन्त्रमा राम्रो भूमिका खेलेका छन् । ठूलो मात्रामा चलेको व्यापारले राम्रो प्रदर्शन गरेन भने सरकारले प्रोत्साहन गर्ने गरेको छ। जसले समाजलाई राम्रो प्रभाव पार्न सक्छ । निजी व्यापार बढेमा त्यसले समाज र समग्र समाजको विकास राम्रो हुन सक्छ । चीन मात्र एउटा यस्तो देश हो, जसले गरिबी घटाउन र उत्पादन बढाउन राम्रो प्रगति गरेको छ । गएका ४ वर्षमा ६० करोड जनसंख्या गरिबीको रेखाबाट बाहिर आएका छन् । १.३ करोड जनसंख्यामा ४ करोड जनसंख्या चीनमा अझै गरिबीको रेखाभित्र छन् । राष्ट्रपति सि जिनपिङका अनुसार सन् २०२० सम्म सो ४ करोड जनसंख्यालाई पनि गरिबीको रेखाबाट बाहिर ल्याइनेछ । चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको रणनीतिअनुसार राष्ट्रपतिले सो घोषणा गर्नुभएको हो । आजभोलि युनानको गरिबी हटाउन विशेष ध्यान दिइएको छ । सरकारले त्यसका लागि बित्तीय र ऊर्जा लगानीमा बढोत्तरी गरेको छ ।

»»दक्षिण चीन सागर विवादले कम्युनिस्ट एकता र चीन तथा भियतनामका बीचको भातृत्वमा नकारात्मक प्रभाव पर्ने हो कि ?

यहाँको पहिलो जिाज्ञासाप्रति म सहमत हुन सक्दिनँ । दक्षिण चीन सागर धेरै पहिलेदेखि चीनको भू–भाग रही आएको छ । लगभग २ सय वर्ष पहिले चिनियाँ माझी जुङ ग्खादेखि नै यो भू– भाग हाम्रो थियो । साउथ चाइना सयौं वर्षदेखि नै चीनको इतिहासले बताउँछ । सन् १९७० भन्दा पहिले साउथ चाइना सिको बारेमा कुनै असहमती थिएन । त्यो समयमा छिमेमी देश भियतना र फिलिपिन्सले दक्षिण चीन सागर आफ्नो भू–भाग भनेर दावीसम्म गरेका थिएनन् । पुरानो नक्सा र काम चलाउ नक्सा लिएर उनीहरू आफ्नो भएको घोषणा गरे पनि त्यसले फरक पर्दैन तर सन् १९७० पछि केही छिमेकी देशहरूले आफ्नो भू–भाग भएको दावी गरेका छन् । त्यसकारण हामी के भन्न सक्छौं भने यो ऐतिहासिक कानुन र त्यसपछि विश्वयुद्धमा केही ठूला टापुहरू कब्जा गरिएका थिए । जुन आयरल्यान्ड जापनिज सेनाको कब्जामा थिए । एक समय जापानले नियन्त्रणमा लिन खोजेको थियो तर असफल भयो । चीनको पक्षमा प्रमाणहरू जुटेपछि चीनलाई नै फिर्ता ग¥यो । सन् १९६० भन्दा पहिला भियतनामले सैद्धान्तिक रूपले कहिल्यै असहमति जनाएको थिएन । आज प्रश्न उठाएपछि यो गलत शैलीको विषयमा चीनले गम्भीर अनुसन्धान गरिरहेको छ । चीन र भियतनामका बीचमा सो भूगोलका विषयमा मतभेद छ । चीनले यो विषयमा कहिल्यै सम्झौता गर्नेछैन । यो सामान्य विषय हो । हामी दुवै देश चीन र भियतनाम समाजवादी देश हौं । चीन र भियतनामीबीच सामूहिक अर्थतन्त्र र सांस्कृतिक सम्बन्ध राम्रो छ । चाइना जनकंग्रेस र दुवै समाजवादी देशका बीचमा आर्थिक र सांस्कृतिक अनुभव आदन प्रदान गर्दै आएका छन् । चीनले दक्षिण चीन सागरको विषयमा संवाद गर्नै चाहन्न । यो भारतले पनि स्वीकार गरेको छ । खै के कारणले हो, अमेरिका र जापानले दक्षिण चीन सागरलाई जटिल विषय बनाएको छ । जसको विषयलाई लिएर फिलिपिन्स र भियतनामलाई चनिसँग संघर्ष बढाउने काम गरेको छ । कोही पनि चीनको विरुद्धमा छैन । अमेरिका र जापानको चासो कहिल्यै सफल हुनेछैन ।

»»धन्यवाद तपाईंको महत्वपूर्ण समय खर्चेर छलफल गर्ने अवसर दिनुभयो । अन्तमा नेपाली जनतालाई केही भन्नुहुन्छ कि ?

निश्चय नै नेपाल हाम्रो धेरै राम्रो मित्र देश हो । चिनियाँ जनता नेपाल भ्रमण गर्न धेरै उत्सुक हुन्छन् । नेपाली संस्कृति सम्पदाको लागि चर्चित छ र नेपाल एक पाटो एक बाटो सुरु गर्न महत्वपूर्ण भूमिका रहनेछ । यसले नेपाल र चीनबीचमा बाटो स्तरोन्नतिका साथै, आदान–प्रदान गर्न सहयोग गर्नेछ । गतवर्ष नेपाल भूकम्पले थिलो थिलो भयो । हामीले ब्राजिललाई जसरी नै सहयोग गरेका थियौं । हामीलाई विश्वास छ, नेपालको भविष्य सुन्दर छ । हाम्रोबीचमा सम्बन्ध मात्र छैन, हामीले भविष्यमा यो सम्बन्धलाई अभ प्रगाढ बनाउनेछौँ ।
(सन् २०१७ जुन १५ तदनुसार २०७४ असार १ गते कुन्मिङमा नारायण नेपालले अंग्रेजी भाषामा लिनुभएको अन्तर्वार्तालाई करणसिंह बडालले नेपाली भाषामा अनुवाद गर्नुभएको हो ।)

रातो खबर साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :