मन्दिर पसेको भन्दै दलितमाथि कुटपिट

kutpit-1काठमाडौं/असार १६ :  मन्दिरमा पसेको भन्दै सप्तरीमा एक दलितमाथि मंगलबार साँझ गैर दलित समुदायका व्यक्तिले कुटपिट गरिएको छ । बोदे बसाईन नपाका–६ स्थित ४२ वर्षीय लीलाधर दास ‘तत्मा’ लाई मंगलबार साँझ स्थानीय समुदायका व्यक्तिले कुटपिट गरेका हुन् । पीडितको देब्रे हात भाँचिएको छ भने शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । राजविराजमा उनको उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
अन्धाधुन्ध कुटपिट गर्न थालेपछि केही युवाले आफूलाई आक्रमणकारीबाट छुटाएर ज्यान बचाइदिएको समेत पीडितले बताएको छ । घटनापछि आफूले इलाका प्रहरी कार्यलय बोदे बसाइनमा ठाडो उजुरीसमेत दिएको बताउँदै उनले प्रहरीले घटनामा खासै चासो नदिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :