राष्ट्रियता जोगाउन सुरक्षाकर्मी पनि लड्नुपर्छ – विप्लव

२५ औँ जनयुद्ध दिवसमा महासचिव विप्लवको शुभकामना


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिले नकारात्मक पात्रहरुलाई इतिहासको पर्दाभित्र पटाक्षेप गरिदिने र आफ्नो कार्यभार नयाँ उत्तराधिकारीहरुलाई जिम्मा लगाइदिने भन्दै आफनो पार्टी त्यही युगीन कार्यभार पुरा गर्ने गहन जिम्मेवारीमा जुटीरहेको बताएका छन् । फागुत १ गते २५ र्औ जनयुद्ध दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै विप्लवले जनयुद्ध दिवस गौंरवपूर्ण दिनको रुपमा सम्झदै सिद्धान्तमा व्यवहार, विचारमा भावना र वलिदानमा विजय मिसिएको दिवसनयाँ भावमा मनाउन लागेको बताएका छन।

यसपटकको जनयुद्ध दिवस गह्रुङ्गो अनुभूति सहित मनाउन लागिएको भन्दै विप्लवले अधुरो क्रान्तिको मार्गलाई पकडेर नयाँ क्रान्तिमा लम्किरहेको समयमा सहिद तथा वेपत्ता योद्धाहरुप्रति विशेष श्रद्धासहित स्मरण गरेका छन् । प्रतिबन्ध नेपालका फासिष्ट शासकहरुको नकारात्मक इतिहासको भद्दा रुपभएको विस्लेषण गर्दै विप्लवलेजनतालाई जनअधिकार र राष्ट्रियता निकै कम्जोर विन्दुमा पुगेको निस्कर्ष सहित सवै मोर्चामा प्रतिरोध गरिरहेको बताएका छन् ।

आफनो पार्टीप्रति वढिरहेको जनलहरलाई रोक्न सरकारले राजनैतिक कार्यक्रममाथि समेत प्रतिवन्ध लगाएको भन्दै दमनको समाधान विद्रोह भएको शस्लेषण सहित सरकारी प्रतिबन्धपछि आफनो पार्टीमा कुमार पौडेल एक दर्जन नेताकार्यकर्ताहरुको शहादत भएको र केन्द्रीय नेताहरु सुदर्शन सहित सयौँजना हिरासत र जेल पर्ने अवस्थामा पनि आफुले आफूलाई समाहल्दै, सुदृढ र रुपान्त्रण गर्दै एकीकृत जनक्रान्तिलाई माथि उठाउँदै लिएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा रातोखवर साप्ताहीकलाई प्राप्त विशेष अन्तरवार्तामा विप्लवले केही साथीहरु एक चरण आत्मसमर्पणवाद, विसर्जनवाद, संशोधनवादका विरुद्ध विद्रोह गरेपनि अन्तिममा गएर क्रान्तिले नयाँ जोड पकड्न थालेपछि उनीहरुले विद्रोहले थेग्न नकसेर आत्मसमर्पणको बाटो रोज्ने गरेको पनि बताएका छन् । आत्मसमर्पण गर्नेहरुसत्ताका विरुद्ध क्रान्ति गर्ने र विद्रोह गर्ने स्तरमा तयार नभएर तर्सिए गलेको बताएका छन् । जसका विरुद्ध विद्रोह गरेर क्रान्तिकारी प्रतिष्ठा बनाएका थिए उनीहरु उतै गएर लम्पसार परेको र कोही अझै पर्ने भन्दै क्रान्तिमा आत्मसमर्पण गर्ने मात्र नभएर क्रान्तिको मोर्चामा आबद्ध हुन आइपुग्नेहरुको संख्या पनि ठुलो भएको बताएका छन । आफैले लिएको विचार, सिद्धान्त र लक्ष्यभन्दा द्रव्य मोह बढि हुने नेता कार्यकर्ताहरु विचलनमा भासिन पुगेको उल्लेख गरेका छन् ।

हालै संसदवाट पारित गर्न लागिएको एमसीसी परियोजनाले अमेरिकासँगको सम्बन्ध मात्र होइन चीन र भारतसँगको सम्बन्धमा पनि विग्रने भन्दै जसको दीर्घकालिक मारमा सरकारी नेकपा पनि पर्ने नै दावी गरेका छन् ।यस परियोजनाको विरोध गरेर राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने जुनसुकै पार्टीका नेता कार्यकर्ताहरु धन्यवादका पात्र भएको भन्दै उनीहरु अन्तिमसम्म लड्न सक्छन्कि सक्दैनन् भन्नेले अरु महत्व राख्ने र उनीहरु आफ्नो अडानमा उभिए आफु सहकार्य गर्न तयार रहेको बताए ।

साथै महासचिव विप्लवले ललिता निवास काण्ड देशकै वेइज्जत गर्ने परिघटना भएको भन्दै प्रधानमन्त्री कार्यालयको जग्गासमेत बेचर खाने मान्छेहरुको हातमा देश रहेको भन्दै केपीले यो काण्डलाई काग्रेस र आफैभित्रका विरोधीहरुलाई समाप्त पार्ने हतियारका रुपमा प्रयोगरेको जस्तो देखिएको छ। एनसेलसग सरकारकै साठगाठ रहेको छ भन्दै देशको स्वाधीनता धरापमा परेको जनता कुशासनबाट प्र्रताडित भएको र गाउँदेखि केन्द्रसम्म चलेको भ्रष्टहरुको रजाई चलेको बेला नेपाली सेना र प्रहरी दलाल, राष्ट्रघाति, भ्रष्ट, माफिया, तस्करहरु विरुद्ध लड्न तयार हुनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :