मोदी र प्रचण्डको समाजवाद : हेमन्तप्रकाश वली

 

hemanta-prakash-oliहेमन्त प्रकाश वली     
स्थाइ समिति सदस्य

 नेकपा (माओवादी)   
महान् एंगेल्सले वैज्ञानिक समाजवाद भन्नुभएको थियो । स्टालिनले त्यसलाई सर्वहारा समाजवादको रुपमा व्याख्या गर्नुभयो । समाजवादको लोकप्रियताका कारण हिटलर, नरेन्द्र मोदी र वि.पी.ले पनि समाजवाद आफ्नो आदर्श भनेका थिए, छन् । नेकपा (माओवादी केन्द्र) को समाजवाद एंगेल्सले भनेको समाजवाद हो कि मोदीको ? माओवादी केन्द्रको बैठकमा विचार र राजनीतिको विषयमा छलफल हुँदैन । बैठक शुरु हुँदानहुँदै फाट्टफुट्ट उठ्दै हिड्दै गर्छन् । कारमा चढेर जान्छन् . कारमा चढेर निस्केका उनीहरु साँझ परेपछि कता जान्छन् ? थाहै हुँदैन ।

तत्कालिन एकीकृत नेकपा (माओवादी) को विराटनगर अधिवेशनपछि रुपान्तरण सम्भव छैन भन्ने लाग्यो । निर्वाचनमा उम्मेदवारहरुले पैसा र जाँडापानीको खोलो बगाउँथे । होटलहरु ‘रिजर्व गरिएको हुन्थ्यो । मैले प्रचण्डलाई यो के हो ? भनें . ‘चुनाव भनेको त्यही त हो’ भनेका थिए . चुनावको सबै पाटापक्ष हेर्दा बुझ्न सकिन्थ्यो–कसलाई जिताउने, कसलाई हराउने निर्णय चुनाव अगाडि नै भइसकेको हुँदो रहेछ । कतार, बेलारुस, एनसेल, भाटभटेनी सबैतिर प्रचण्डको लगानी भएको चर्चा अर्थपूर्ण छ । प्रचण्ड निवासकै विषयमा आशंका गरिन्छ । लेखराज भट्टकी श्रीमती मालिका भगवती मन्दिर धाउने, सिता दाहाल व्रिmश्चियन, महरा पादरीको आशिर्वाद लिन जाने, मोहनचन्द्र अधिकारी गिता पाठ गर्ने यो के भएको हो ? आदतको सत्ताका विरुद्ध आजैदेखि संघर्ष आवश्यक छ । माओले त्यसलाई निरन्तर क्रान्ति भन्नुभएको थियो ।

प्रचण्डहरु काल्पनिक पुलाउ खाएर, खुवाएर बसेका छन् । तीन पटक आफ्नै नेत्रृत्वमा सरकार बनाउँदा समेत जनयुद्ध कालमा किनबेच भएका जग्गाको समस्या समाधान गर्न नसक्नेलाई समाजवाद कसले पोल्टामा थमाउन आउँछ । रुपान्तरण हुने होइन कि विषय उठान गर्नेहरुलाई निषेध गरेर अपराध ढाकछोप गर्ने गरिन्छ । अमिक शेरचन आयोगले जनार्दन शर्मा (प्रभाकर), वर्षमान पुन (अनन्त), गिरिराजमणी पोखरेल, नारायणकाजी श्रेष्ठ, लेखराज भट्टलाई भ्रष्टाचार गरेको प्रभावसहित कारवाही सिफारिस गरेको छ । त्यसैले सो प्रतिवेदन लुकाइएको छ र अमिक शेरचनलाई केन्द्रीय समितिबाटै हटाएर दण्डित गरिएको छ । अमिक शेरचनलाई ‘न रहे बाँस, न बजे बाँसुरीु भनेझैँ गरियो । हामीले वैचारिक बहस उठाउनासाथ प्रतिसोध साँध्न थालियो . त्यसपछि हामीले विद्रोह गरेर ! ७ पुसमा पार्टी बनायौं .
हाम्रो एकतालाई रोक्न प्रचण्ड र वैद्य दुवैतिरबाट अधिकतम् प्रयास भएको थियो . हामीले त्यसप्रकारका एकता विरोधी हर्कतहरुलाई पराजित गरेका छौं ।

आज पुँजीवाद एकीकृत भएर आएको छ । एउटा मोबाइलमा रेडियो, अडियो, कम्प्युटर, टेलीभिजन, मेमोरी सबै एउटै भएर आएको छ . प्रविधिसमेत एउटै भएर आएको छ . हकिंग्सले कोपर्निकसदेखी आइन्सटाइन हुँदै क्वान्टम सिद्धान्तलाई एकीकृत सिद्धान्तमा विकास गरेका छन् । उनले दार्शनिकहरु कता गए ? नयाँ सिद्धान्तको विकास गरेका छन् । उनले दार्शनिकहरु कता गए ? नयाँ सिद्धान्तको विकास किन भएन ? प्रश्न उठाएका छन् । उनले भौतिक विज्ञानलाई समाज विज्ञानमा बदल्न नसक्दा, एकीकृत गर्न नसक्दा ज्ञान खण्डित भयो भनेका छन् । हामीले भौतिक विज्ञानमा आएको ज्ञान चेतनालाई समाज विज्ञानमा लागू गर्ने प्रयास गरेका छौं । त्यसलाई हामीले कार्यदिशामा मूर्त गरेका छौं ।

अर्थ राजनीति मूल विषय हो । हामीले समाजको उत्पादक शक्ति र उत्पादन सम्बन्धको चरित्र र दिशा बुझ्नुपर्छ । अल्छी गर्नु हुँदैन । निरन्तर अनुसन्धान भइरहनु पर्छ । बेलायत अल्छी भएर, मेहनत र अनुसन्धान गर्न छोडेर बिग्रेको हो भन्छन् । चीनमा अहिले पनि ग्वाङ्झाउको एकजना पार्टी सदस्य र बेइजिङको राजनैतिक समिति (पिबिएम) ले बोल्ने भाषा र बुझाई एउटै देखिन्छ । त्यसैले कार्यदिशाप्रति एकै प्रकारको बुझाइ चाहिन्छ । हतियारको आलोचनालाई आलोचनाको हतियारले पराजित गर्न सकिन्न । तर विचारको शक्ति जनताको मनमा प्रतिष्ठापित भएपछि त्यो भौतिक शक्तिमा बदलिन्छ । पार्टी संगठन मात्र होइन, हामी विचारिक रुपमा पनि संगठित हुनुपर्छ ।
                           

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :