नौ दलले दिए एमसीसीविरुद्ध सभामुखलाई ज्ञापन


काठमाडौँ : सरकारी कामकारबाहीविरुद्ध सडक आन्दोलनमा रहेका ९ दलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन नगर्न माग गर्दै सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले सिंहदरबारमा मङ्गलबार सभामुख सापकोटालाई ९ दलीय गठबन्धनका तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् । गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसीसी अनुमोदनका लागि दबाब दिएको बताउँदै आएको छ । ज्ञापनपत्र बुझाउन गजुरेलसहित ९ दलका नेताहरू पनि सिंहदरबार पुगेका थिए ।

ज्ञापनपत्र बुझेपछि सापकोटाले एमसीसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेको गठबन्धनले जनाएको छ । उनले आफ्नो क्षेत्राधिकारअनुसार नै आवश्यक कदम चाल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :