नेकपा नेता बिष्ट जेल चलान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला इन्चार्ज बम बिष्टलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको एकल इजलासले बिष्टलाई पुर्पक्षका लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

बिष्टलाई भोजपुर नगरपालिका १२ बेहेरे दोभान र रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्साभेटरमा आगजनी, टेम्केमैयुङ गाउँपालिका ! तिम्मा कार्यालयमा आगजानी, रामप्रसाद राई गाउँपालिका ! को ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आगजनी साथै हातहतियार, विस्फोटक पदार्थलगायत भूट्टा मुद्दा लगाइएको थियो । टेम्केमैयुङ गाउँपालिका ५ खावाका जिल्ला इन्चार्ज बमबहादुर बिष्टलाई भोजपुर नगरपालिका १० भैँसीपङ्खाको गजुरमुखी भिरछेउको जङ्गलबाट गत असोज ५ गते गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :