जेलमुक्त महिलानेत्रीको स्वागत


काठमाडौँ : अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सदस्य पार्वती सिंह नौ महिना लामो जेल बसाइपछि दस हजार धरौटीमा रिहा भएपछि उनलाई हार्दिक बधाई दिँदै स्वागत गरिएको छ । लामो समय दुस्मनको जेल र हिरासतमा बस्दा पनि आफ्नो आस्था र विचारमा दृढ रहि आएकोमा उच्च मुल्याङ्कन गर्दै अनेमसङ्घ क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिका तर्फबाट स्वागत गरिएको हो । आगामी दिनमा पनि वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म निरन्तर क्रान्तियात्रा जारी राख्ने आशा राख्दै नेकपाका सेती–महाकाली ब्युरो इन्चार्ज निर्माण र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य पुर्णिमा धामीले सिंहलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा जेलमुक्त पार्वती सिंह र मीना साउदले आफ्नो जेलभित्रको अनुभूति सुनाउँदै आफूहरू झन् इस्पात भएर आएकाले एकीकृत जनक्रान्तिमा थप ऊर्जासहित लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा ब्युरो इन्चार्ज निर्माणले राजनीतिक–वैचारिक रूपमा दृढ रही दलाल राज्यसत्ताको हिरासतबाट मुक्त भएका नेत्रीहरूलाई पार्टी र सङ्गठनले स्वागत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :