युवाहरुको निशाना मिटर ब्याजी र लागु औषधवाला

पर्वत : नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन नेपाल पर्वतको पहिलो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले हिमालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा युवा संगठन नेपालका केन्द्रीय महासचिव सागर प्रमुख अतिथि र जिल्ला इञ्चार्ज दिपक बिषेश अतिथिको रुपमा उपस्थित थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सागरले इतिहासमै राष्ट्रियता निकै कमजोर बनेकोले राष्ट्रलाई बचाउनको लागि सबै स्वाभिमानी श्रमजीवी युवाहरु एक भएर लाग्नु पर्ने बताए । उनले विवादीत अमेरिकी मिलीनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सदनबाट पास गरिए देश पराधिन हुने भन्दै एमसिसिका विरुद्ध ठुलो आन्दोलनको आँधिबेहरी सिर्जना गर्नुपर्ने कुरामा जोड दिए । साथै सागरले आगामी दिनमा युवाहरुले देहव्यापार, मिटर व्याज, लागू पदार्थको ब्यापार गर्नेलाई युवा संगठन नेपालले पहिलो निसाना बनाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :