कछुवा गतिमा पुनरनिर्माण प्राधिकरण

puna nirman

काठमाडौं/असार १६ : भुकम्प गएको चार बर्ष पुग्दासम्म पुनरनिर्माणले गति लिन सकेको छैन । सरकारले भुकम्प पीडित राहत तथा आवास निर्माणको अनुदान वितरणका लागी पुनरनिर्माण प्राधिकरणको गठन गरेको थियो । पछिल्लो तथ्याङ्कअनुसार आवास निर्माण उपलब्धी भने शुन्य प्रतिशत देखिएको छ ।

सरकारी तथ्याङ्कअनुसार लाभग्राहीको सुचिमा ७ लाख ४४ हजार ५ सय ८८ जना रहेकोमा हालसम्म १४९६ जनाले मात्र तेस्रो किस्ता बापतको रकम १ लाख ५० हजार पाएका छन् । यो कुल लाभग्राही सङख्याको ०.२०१ प्रतिशत मात्र हो ।

earthquake-hit-village

पुनरनिर्माण प्राधिकरणको प्रमुखमा आफ्नो दल समर्थितहरुलाई नियुक्त गर्न होडबाजी गरेका संसदवादी दलहरुले प्राधिकरणको कार्य सम्पादनमा चासो नदिंदा पीडितहरुले यो वर्षायाममा पनि टहरा मुुनिनै बस्नु पर्ने देखिएको छ ।

pidit

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :