जेल डायरी : हो ची मिन्ह

फानु न्हुआन
जुलाई १९४६, पेरिस नदीको दायाँ किनारस्थित महलको त्यो स्वागत–कक्षमा करिब १५ मिनेटदेखि एउटा मोटोघाटो पत्रकारले एकजना दुब्लोपातलो मान्छेलाई, जसको अनुहारमा दुःख, पीडाको गहिरो छाप थियो, प्रश्नहरूले हैरान पारिरहेको थियो । त्यो मान्छेको अगाडि सानो फूलदानी सानो गुलाबले सजाइएको थियो । धेरै देशका झन्डै एक सय संवाददाताले उनलाई घेरेका थिए । ‘राष्ट्रपति महोदय, तपाईं एक कम्युनिस्ट हुनुहुन्छ हगि, होइन त ? सन् १९२६÷०२७ तिर न्युगेन आइ कु ओक नामका एकजना भियतनामी देशभक्तलाई सुदुरपूर्वका सबै प्रहरीहरू चिन्थे । जो उथलपुथल इलाकामा यत्रतत्र घुमिरहन्थे । तर देशभक्त न्युगेनको त मृत्यु भैसकेको थियो । त्यो मान्छे उसकै उमेरको थियो । उसका कपडा एकदमै सामान्य थिए । जसका बारेमा प्राप्त सूचनाअनुसार ऊ सामान्य मान्छे भने थिएन । अचम्मको विषय त के भने ऊ चुङ्किङमा चिनियाँ अधिकारीहरूसँग छलफल गर्न चाहन्छ । एकजना मान्छेलाई जेलमा कोच्नका लागि त्यत्ति नै प्राप्त थियो । पहिलो उनलाई त्सिङसी जेलमा थुनियो । त्यसपछि बिनाकारण नान्निङ, त्यसपछि किवलिन र त्यहाँबाट ल्युचाओ जेल सरुवा गरे ।

जहाँ उनले आफ्नो रणनीतिको पुनरावलोकन गरे… । उज्यालो हुनुभन्दा पहिला जब ताराहरू निभ्दै थिए, उनी दुई प्रहरीद्वारा लिएर गैरहेका एक सुँगुरको पछिपछि हातमा हत्कडीसहित अगाडितिर हिँड्दै थिए । राति चराहरू गुँडमा बस्ने बेला उनलाई कुनै अस्थायी जेलमा कैद गरिँदै थियो । उनको एउटा गोडामा नेल हुन्थ्यो । चर्पीको छेउमा भए पनि रात सहज हुँदा उनी खुसी हुन्थे । घुमाउरो बाटो, यता र उता गर्दै उनलाई क्वाङ्सी प्रान्तका १३ जिल्ला कटाएर कुल मिलाएर ३० अस्थायी र जिल्ला जेल हुँदै पुनः ब्युचओमा उनलाई हिरासतमा राखियो । त्यसपछि उनलाई दुई वर्षअघि पार गरेको बाटोतिर लगियो । हरेक दिन ५० कि.मि. यात्राले अनिँदो रात, भोक, चिसो र खोकी हुँदाहुँदै पनि उनमा मुस्कुराहट यथावत् थियो । जसले जीवनमा, दिक्दारीमा, कठिनाइमा, मृत्युमा समेत विजय प्राप्त गर्नसक्ने अदम्य विश्वासलाई प्रमाणित गथ्र्याे । हातगोडा बाँधिएको किन नहोस्, पन्छीको गीत सुन्नबाट, फूलको सुगन्धको आनन्द लिनबाट तिमीलाई कसले रोक्न सक्छ ? के एक्लोपन र निष्क्रियताले तिमीलाई थिचेको छ ? के साँझको निस्पट्ट अँध्यारोले तिम्रो इच्छाशक्तिलाई मार्दै छ ? त्यो विकट प्रकाशतिर आँखा लगाऊ ः वृक्षमा आश्रय लिनका लागि उड्छ एक पन्छी, उदास भएर । एउटा एक्लो बादल कावा खान्छ बिस्तारै आकाश फैलाउनका लागि । उता पहाडको एक गाउँमा एउटी केटी अन्न पिसिरहेकी छे । पिसिसकिएको छ अनाज, चुलोमा रातो दन्किरहेको छ आगो ।

jeil di

प्रहरीले तिम्रो गतिविधि र भावभङ्गिमा कडा निगरानी गरिरहन्छ । तर एक क्षणको अनन्तताका विषयमा, एउटा परिस्थितिका विषयमा, एउटा मुस्कुराहटको अन्तर्यको नाटकीय रहस्यका विषयमा केही लेख्न तिमीलाई कसले रोक्न सक्छ ? वस्तुहरूको कविता जीवनको हृदयमा हुन्छ । कविताको जीवनमा केही उपयोगिता छ भने त्यो उपर्युक्त परिस्थितमा हुनुपर्छ । ती दिनमा चीनका जेलहरू जादुघरभन्दा केही कम थिएनन् । त्यो दुःख, विपत्ति, दुर्गन्ध र रोगहरूले गाँजिएको बीभत्स ठाउँ थिए । जहाँ उपियाँ, साङ्ला, दाद, लुतो र सिफलिसका रोगीहरू जीवन एकसाथ जीवन गुजार्थे । त्यसमा एकजना बेग्लै खालको कैदी परिवारजस्तै भएर बस्थे । निजी स्टोभमा चिया पकाउँथे । जे छ त्यो सानले खान्थे । कहिले–कहिले अँध्यारोमा बसिरहेका बन्दी, सुतेका र जगाउँदै सबैलाई, युद्धपिपासु ट्याङ्क मान्छेको रगत चुस्न तयार उडुस हेरेर बस्थे ।

विश्व त्यसबेला युद्धमा थकेलिएको थियो । जब कि त्यसबेला उनी देशदेखि टाढा, आफ्ना साथीहरूदेखि टाढा जेलमा दुर्दशा भोगिरहेका थिए । त्यस लक्षणमा उनले नोटबुक निकालेर अनुभूतिहरू लेख्न थाले । उनले आफ्नो जेलरको भाषामा ती सबै लेखे । किनकि भियतनामी भाषामा जेसुकै लेखे पनि शङ्काउपशङ्का गरिन्थ्यो । ती दिनहरूमा महान् राजनीतिज्ञहरूको संस्मरण देख्न सकिन्छ । संस्मरण इतिहासको अङ्ग हुन्छ । जस्तो कि तपाईंलाई थाहा छ, इतिहासको व्याख्या तपाईं जसरी चाह्यो त्यसरी गर्न सक्नुहुन्छ । …महान् राजनीतिज्ञ प्रायः आफ्नो संवेदनशीलताको कारणले होइन, आफ्नो कर्म, चिन्तन र चरित्रका कारण महान् भएका हुन्छन् । कविता एउटा त्यस्तो वस्तु हो, जो मनुष्यको हृदयको सबैभन्दा नजिक बस्छ । कविता सायद कहिल्यै झूट्टो बोल्न सक्दैन । आफ्नो अन्तर्मनको उद्घाटन गर्दा कविलाई केही फाइदा हुन्छ भन्ने पनि छन् । उनको सार्वजनिक र निजी जीवनका बीचमा कुनै गुप्त पर्खाल थिएन । उनका लागि पीडा, यातना, कष्ट भोग्नु कर्म र काव्यात्मक अभिव्यक्ति दुवैका बीचमा समानता थियो : गुलाब फुल्छ र ओइलाउँछ यो फुल्छ र मुर्झाउँछ असमय तर यसको सुगन्ध जेलको पर्खालभित्र फैलन्छ हामीभित्र नमिठो अनुभूति जगाउँछ । आशा छ– यो नोटबुकले यसका लेखकलाई बुझ्न कुनै लामो संस्मरणको तुलनामा आर्थिक कामकाजी सिद्ध हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :