रोल्पामा फेरि पनि मतपेटीका जल्यो

अम्बिका चन्द/काठमाडौं/असार १५  : रोल्पाको सुकीदह गाउपालिकामा मतगणना गर्दा गर्दै मतपेटिकामा आगो लागेको छ । सुकिदह गाउपालिका–३ स्थित वीरेन्द्र उ.मा.वि. नाउलीमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगो लागेको हो । बिहिबार वडा नं. २ को मतगणना भइरहेको बेला ३ नं. वडाको मतपेटिकामा एक्कासी आगो लागेपछि मतदान स्थलमा तनाव उत्पन्न भएको छ ।

पश्चिम रोल्पाको सल्यानसँग जोडिएको उक्त इलाकामा मतपेटिकामा कसले आगो लगायो भन्ने थाहा भएको छैन । सोही विषयलाई लिएर कांग्रेस, एमाले र माओवादी बीच तनाव उत्पन्न भएको छ । तनावकै बीचमा दलहरुले मतगणना जारी राख्न खोजेपछि अहिले त्यसक्षेत्रमा स्थानीयले चर्को नाराबाजी गरिरहेको स्थानीयले बताएका छन् । बुधबार मात्र रोल्पाकै रोल्पा नपाका–१० मा मतदान भइरहेको बेला मतपेटिकामा आगो लागेको थियो । जसबाट केही मत्रपत्र जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :