नेकपा रूपन्देहीले बुद्धि चौधरीलाई पार्टीबाट हटायो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देही जिल्ला समितिले पार्टी सदस्य बुद्धि चौधरी आफ्नो पार्टीमा नरहेको बताएको छ । जिल्ला सेक्रेटरी विजयले आइतबार प्रसश विज्ञप्ति जारी गर्दै चौधरी लामो समयदेखि पार्टी सम्पर्कमा नआएको, विरोधीहरूसँग अनावश्यक साँठगाँठ गरेको र धार्मिक कार्यमा जोडिएर पार्टी नीति उलङ्घन गरेको भन्दै पार्टी सदस्य नरहेको जानकारी गराएको छ ।

सेक्रेटरी विजयले वली–दाहाल सरकारको सामाजिक फासिवादी सरकारले दमन र प्रतिबन्ध गरेको भन्दै त्यसलाई चिरेर पार्टी अगाडि बढिरहेको बताएका छन् । उनले यसबीचमा पार्टीभित्र शुद्धीकरण अभियान तीव्र भएको जानकारी पनि दिएका छन् । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :