‘जनपत्रकार सङ्गठनको पैसा उठाउने नीति छैन’

काठमाडौँ : जनपत्रकार सङ्गठनका सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधरीले सङ्गठनको पैसा उठाउने नीति नभएको र हालैका दिनमा सङ्गठनको नाम जोडेर आर्थिक लेनदेन वा सङ्कलनका विषयमा भएको टिप्पणीप्रति सङ्गठनको ध्यानाकर्षण भएको जनाएका छन् । तिम्सिना र चौधरीले संयुक्त विज्ञप्ति जारी गर्दै सङ्गठनले कुनै पनि आर्थिक अभियान सञ्चालन नगरेको र त्यस्तो अभियान चलेमा केन्द्रीय समितिको पत्रमार्फत आग्रह गरिने भएकाले अहिलेसम्मलाई सङ्गठनका नाममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो कहीँकतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन आग्रह गरिएको पनि जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनपत्रकार सङ्गठन नेपाल श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर सङ्घर्ष गर्दै आएको सङ्गठन हो । आगामी दिनमा पनि यसले आफ्नो सङ्घर्ष पत्रकार हकहितका लागि जारी राख्ने प्रतिबद्धता जनाउँछ । मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर पार्ने सरकारी कदमहरूको विरोध गर्दै आएको अवगतै छ । हालैका दिनमा सङ्गठनको नाम जोडेर आर्थिक लेनदेन वा सङ्कलनका विषयमा भएको टिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सङ्गठनले कुनै पनि आर्थिक अभियान सञ्चालन गरेको छैन । त्यस्तो अभियान चलेमा केन्द्रीय समितिको पत्रमार्फत आग्रह गरिने भएकाले अहिलेसम्मलाई सङ्गठनका नाममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो कहीँकतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन आग्रह गरिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :