चिली फाइनलमा

chilliकाठमाडौं/असार १५ : बुधबार राति भएको खेलमा युरोकप विजेता पोर्चुगललाई ट्राइब्रेकरमा ३–० ले हराउँदै चिली फाइनलमा पुग्न सफल भएको छ । रुसको कजानमा भएको सेमिफाइनलमा खेलको निर्धा्रित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । चिलीको जितमा गोलकिपर क्लउडियो ब्राभो नायक बनेकाे  थियाे । पोर्चुगलका तीन खेलाडीले प्रहार गरेको पेनाल्टी रोक्न सफल भएका थिए । ब्राभोले पोर्चुगलका रिकार्डो क्वारिज्मा, जोएओ मोटिन्हो र नानीको पेनाल्डी प्रहारको उत्कृ्ष्ट बचाउ गरेर टोलीलाई जितको हकदार बनाए । चिलीले अब फाइनलमा बिहीबार राति मेक्सिको र जर्मनी बीच हुने सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :