चितवनमा शैक्षिक अन्तरक्रिया

IMG_1256भीमबहादुर खड्का/चितवन/असार १५ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनको आयोजनामा एक दिने शिक्षामा भएको संवैधानिक व्यवस्था र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम भरतपुरस्थित सप्तगण्डकी क्याम्पसको सभाकक्षमा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रेम चौधरीको अध्यक्षता र प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष लालबहादुर तमाङ्ग, ने.क.पा. का चितवन इन्चार्ज लालबहादुर बि.सी., ने.क.पा. (क्रान्तिकारी माओवादी)का प्रतिनिधि अशोक शर्मा, अखिल (क्रान्तिकारी)का ताम्सालिङका व्युरो संयोजक रुद्र भट्टराई, ने.वि.संघका प्रतिनिधि अनमोल अधिकारी, बार एशोसियसनका उपाध्यक्ष लक्ष्मी पाठक, प्याप्सनका उपाध्यक्ष किर्तिनिधि विष्ट, पब्लिक कलेजका अध्यक्ष खेमनारायण सापकोटा, सामुदायिक मा.वि. का अध्यक्ष पूर्ण दवाडीलगायतका अतिथि हुनुहुन्थ्यो । उक्त कार्यक्रममा ने.क.पा. का चितवन जिल्ला इन्चार्ज लालबहादुर बि.सी. ले मन्तव्यको क्रममा वर्तमान संविधानमा शिक्षालाई मौलिक हकमा राखिएको छ । विद्यालय शिक्षा निःशुल्क अनिवार्य गर्ने भनिएको छ, निजी विद्यालय र सरकारी विद्यालयहरुले विद्यार्थीबाट चर्को शुल्क लिने गरेका छन् । आफैंले बनाएको संविधान शिक्षा ऐन र संसदवादी पार्टी र राज्यले कार्यान्वयन नगर्नु भनेको संसदीय व्यवस्था जनताको पक्षमा हुँदैन भन्ने पुष्टि आफैंले गरेका छन् । त्यसैले संसदीय व्यवस्थाको अन्त्य गर्न आम विद्यार्थी लाग्नु पर्छ । जनताको शिक्षा जनताको पक्षमा शिक्षा बनाउन वैज्ञानिक समाजवाद नै सत्ताको स्थापना गर्न अनिवार्य रहेको कुरा सो कार्यम्रममा बताउनु भयो । र अन्य अतिथिहरुले पनि आ–आफ्नो धारणाहरु सरल र सटिक ढंगले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :