काश्मिर उपत्यकाबाट प्रत्यक्ष प्रशारण

th
दिक्दारीमा छु, एकदमै दिक्दारीमा परेको छु । यस्तोबेला कुनै साथी भएको भए दुःखसुखका कुरा हुन्थे होला । तर यहाँ टाढाटाढासम्म पनि कोही साथी छैनन् । दारुपाटी चलिरहेको छ । तर त्यसको गन्धसम्म मेरो आँगनबाट बाहिर गयो भने धर्मका ठेकेदारहरुले मलाई हलाल गर्नेछन् । यहाँका मान्छेहरु मलाई मुर्तद (अल्लाहप्रतिको आश्था छोडेको, अधर्मी) भन्ने गर्छन् । सडकमा स्वतन्त्रता माग्नेहरुको आवाज सुनिन्छ । काश्मिरीहरु भारतबाट स्वतन्त्रता चाहन्छन् । क्रान्तिकारी भाषामा भन्दा व्यवश्थाप्रति, भ्रष्टाचारप्रति, नेताहरुप्रति र सुतरमुर्गे राजनीतिप्रति जनतामा आक्रोस, घृणा आदि छ । त्यसबाट मुक्तिका लागि उनीहरु स्वतन्त्रता चाहन्छन् । स्वतन्त्रता भारतबाट पाकिस्तानको दासत्वको लागि । इस्लामिक कट्टरतावादीहरुले मलाई सकारात्मक दृष्टिले हेर्दैनन् । जहाँ एक वर्ग, एउटा समुदाय स्वतन्त्र हुन्छन् र अरु सबै उनीहरुको छायाँमा पर्छन् । उनीहरु भारतबाट स्वतन्त्र भए नै भनेपनि के होला र ! सन् १९४७ देखि पाकिस्तानले उनीहरुलाई प्रयोग गरिरहेको छ । जुन देश स्लामिक भूमिको नाममा निर्माण भएको थियो ।

 

आज त्यो सयौं समुदाय र भागमा विभाजित भएको छ । जहाँ मारपिट, बम विष्फोट, सिया–सुन्नी हिंसा हरेक दिन भइरहेको छ । संविधान बनेको ७० वर्ष पुग्दा त्यहाँ प्रचलित लोकतन्त्रको समेत विकास हुन सकेको छैन । जुन विश्वमा आतङ्कवादको क्यान्सरको घाउजस्तै भएको छ । विश्वका कुनै पनि देशका आतङ्ककारी घटना भयो भने त्यसको कुनै न कुनै तार पाकिस्तानसँग जोडिएको हुन्छ । लद्धाख र जम्बु भारतमै रहँदा खुशी छन् । स्वतन्त्र भएर इस्लाम शासन कायम नै भयो भने जम्मू, काश्मिरमा हिन्दु, सिख, शिया र बौद्धधर्मका मान्छेहरु पनि रहन्छन् ? उनीहरुप्रति यिनीहरुले कस्तो शासन थोपर्लान् ?
काश्मिरका आम जनताको शोषण भइरहेको  छ । पाकिस्तानबाट, भारतका नेताहरुबाट, धार्मिक समूहबाट र दलालहरुबाट शोषण भइरहेको छ । सबैतिर किराना पसलको खेल चलिरहेको छ । आमजनतामाथि भएको शोषण र अत्याचार देखेर म मर्माहत छु । आम काश्मिरीहरु मुर्ख छन् र दीनहीन सोझा पनि छन् । मुर्ख यस अर्थमा कि उनीहरु कसैबाट प्रयोग भइरहेका छन् । हिजोदेखि होइन शताब्दियौंदेखि यिनीहरुको सोझोपन हेर्नुहोला । अस्तिदेखि उपत्यकामा कफ्र्यू जारी छ । राजमार्गमा अमरनाथ तिर्थालुका बाहन रोकिइरहेका छन् । यी सोझा जनता कफ्र्यूको पर्वाह नगरी, ज्यान जोखिममा पारेर सडकमा निस्किएका छन् । फसेका बाहन निकाल्छन् । बाहनको शिसा, झ्याल फुटाएर भएपनि उद्धार गर्छन् । कफ्र्यूको वास्ता नगरी आफैंले बिरामीलाई अस्पताल पु¥याउँछन् । मैले राष्ट्रिय टेलिभिजनमा एकजना विरामीले आफैं बोलेको सुने “काश्मिरी मान्छेहरु हाम्रो उद्धार गर्न नआएको भए हामी धेरैजसो मरिसकेका हुन्थ्यौं ।” ती यात्री भन्दै थिए, “कही मानवता जिवित छ भने काश्मिरमा छ” । यस्ता सोझा मान्छेहरुलाई भयंकर षडयन्त्रमा फसाइएको छ । उनीहरुलाई मारिरहेको छ । एकातिर कट्टरतावादद्वारा अन्धो बनाइएको छ भने अर्काेतिर गोलीको वर्षाद्वारा अपाङ्ग बनाइँदैछ । यो सबै देखेर बितेका पाँच दिनदेखि रात–दिन म निदाउन सकेको छैन । आँखा अगाडि केही दिन यता प्रहरी र सेनाको गोली र बमका छर्राले मारिएका, घाइते भएका निर्दाेष स–साना बच्चाहरु घुमिरहेका छन् । haruki

हिजो ई–टेलिभजनमा काश्मिर उपत्यकाको परिस्थितका विषयमा एउटा बहस चलिरहेका थियो । जसमध्ये एकजना अवकाश प्राप्त सैनिक अधिकारी पनि थिए । जसले काश्मिरमा थप फौज पठाउनु पर्ने र अत्याधिक बल प्रयोग गर्नुपर्ने सुझाव दिइरहेका थिए । छलफलमा लखनउका अवकाश प्राप्त अर्का कर्मचारी थिए । जसले तर्क भन्दा लखनउवाला उर्दू भाषाको प्रदर्शन गरिरहेका थिए । जहाँ काश्मिरका एकजना पत्रकार पनि थिए । जहाँ काश्मिरका एकजना पत्रकार पनि थिए । पत्रकारले सरकारले काश्मिरी जनतासँग सधैं नक्कली व्यवहार गरेको, दुरुपयोग मात्र गरिरहेको आरोप लगाएका थिए । यी पत्रकारले पृथकतावादीहरुलाई रिझाउन खोज्दै थिए । सरकारमा त उनका दाजु मन्त्री सरहको पदमा छन् । यस्ता सयौं उदाहरण छन् । जहाँ एउटै घरमा एक लोन भाइ (बलाल लोन) पृथकतावादीका नेता छन् । अर्का सहोदर भाई (सज्जाद लोन) वर्तमान सरकारमा भाजपाका तर्फबाट मन्त्री छन् र सहोदर बहिनी (वकिल शबनम लोन) टेलिभिजनको पर्दामा आएर नागरिक समाजको प्रतिनिधित्व गर्छिन् ।

यहाँकहीँ पिता क्रान्तिकारी हुन्छन्  भने छोरो प्रहरीको वरिष्ठ अधिकारी हुन्छ । एउटा वर्ग विशेष सम्राट, मलिका र बजिर जसरी काश्रिमको राजनीतिमा विराजमान हुन्छ र आम नागरिक ढाल बनाइन्छन् । प्रयोगमात्र भइरहन्छन् । उनीहरु लट्टु घुमाउने, डोरी झैं बनाइन्छन् । म झन् छट्पट् भइरहेको छु । दिउँसो मान्छेहरु कफ्र्यू उल्लंघन गरेर ढुङ्गामुढा गर्न चोकतिर जाँदै थिए । म पनि कफ्र्यू हेर्दै थिएँ । जिल्ला अस्पताल पुगें । घाइतेका लागि एक पोका रगत दिएँ । तनाव अलिकति कम भयो । त्यसपछि घर फर्के । कोठामा ढिम्किएको मात्र के थिएँ । एकजना छिमेकी टुप्लुक्क आइपुगे । बस्न नपाउँदै भन्न थाले “हिन्दुस्थानले अतिनै अपराध गर्न थाल्यो । सडकमा चौरमा हाम्रा लालाबाला मरिरहेका  छन् । हाम्रो नश्लनै खोजिरहेको छ । तपाई नै भन्नुस अरु कुनै राज्य, अरु कुनै शहरमा उनीहरु त्यसरी गोली चलाउन सक्छन् ? जनतामाथि छर्रा वर्षाएर अपाङ्ग बनाउन सक्छन् ? उनीहरुलाई अन्धा बनाउन सक्छन् । अन्तिम निर्णय गर्नुपर्ने भएको छ– सरकारतिर लाग्ने कि विद्रोहीतिर ? अब कुनै सम्झौता होइन, हाम्रो अन्तिम लडाइँ लड्नुपर्छ ।” त्यसपछि फेरि छट्पटिमा परें । मेरो वालपेपर हेरेर भन्न थाले“सुन्नुभएको छ, तपाईको इन्टरनेट चलिरहेको छ ।” हो चलिरहेको छ किन र ? मैले सोधें । उनी भन्दै थिए “फुच्चे हरियाणामा इञ्जिनियरिङ पढिरहेको छ ।

 ईदमा घर आएको थियो । उ आउनासाथ यहाँको अवश्था बिग्रियो । अरु केही दिन यहाँ बस्यो भने नराम्रो हुनसक्छ र ढुङ्गामुढामा सहभागी हुनुसक्छ । त्यसैले उसका लागि हवाई टिकट लिनुपर्ने छ ।” म त्यसदेखि झनै छट्पटिमा बाँचिरहेको छु ।   
गौर गरेर सोच्छु, वास्तविक स्वतन्त्रताको कुरा, सबैको स्वतन्त्रताको कुरा जबमु र काश्मिरको अखण्डताको कुरा, लोकतन्त्र, धर्म निरपेक्षताको कुरा भएको भए स्वतन्त्रताको माग गर्ने म पहिलो व्यक्ति हुने थिएँ । तर यो स्वतन्त्रता धर्म विशेष, समुदाय विशेषको साथमा नाकमा डोरी लगाएर बसेको छ । कुनै देशसँग लसपस गरेको छ । मलाई कुनै हालतमा त्यो स्विकार्य छैन । आम जनतामाथि भैरहेको आक्रमणको म हजार पटक विरोध गर्नेछु । तर त्यस्तो कठपुतली स्वतन्त्रता भन्दा मलाई भारतीय भइरहन मै उपर्युक्त छ ।
–११ जुलाई २०१६ अनुवाद – अनिल शर्मा श्रोत – उही

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :