बहुमत सांसद गुप्तचरीमा संलग्न

thनेपाल संसारमा सबैभन्दा बढी गैरसरकारी संश्था देशहरुको मध्येको देश हो । विकास, राहत, शिक्षा, स्वास्थ्य आदि नाममा दाता देशहरुको स्वार्थमा काम गर्नु उनीहरुको उद्देश्य हो । यस्ता गुप्तचरिका कामहरु प्राचिनकालमा धर्म र आधुनिक युगमा स्वास्थ्यको नाममा हुन्थे ।
पश्चिमीहरुले राणाकालमा औषधी बोकेर तिब्बत जान्थे र उद्देश्य तिब्बतको सूचना संकलन हुन्थ्यो । अन्तर्राष्ट्रिय गैरसरकारी संश्थाहरुले नोपलमा गुप्तचरी गरिरहेको कुरा ‘औपनसेक्रेट’ विषय नै हो । केही समय अघि चीनको नेपाल भ्रमणमा रहेको टोलीले ‘पश्चिमा गैरसरकारी संश्थाले नेपालमा कार्यक्षेत्र बनाएर चीनको विरुद्ध गुप्तचरी गरिरहेको’ आरोप लगाएको थियो । नेपालका नीति निर्माताहरु विदेशी शक्तिकेन्द्र र उनीहरुद्वारा पालिएका गैरसरकारी संस्थाद्वारा नियन्त्रित भएर देश र जनताको अहितमा काम गरिरहेको आरोप लाग्दै आएको थियो । गत शुक्रबार सदनमा भएको घटनाले सो आरोपलाई पुष्टि गरेको छ । सदन चलिरहेकै अवश्थामा शुक्रबार वानेश्वर स्थित संसद भवनभित्रै पर्यटक बोक्ने दुईवटा बसमा चढेर सांसदहरु गैरसरकारी संश्थाको कार्यक्रममा गएपछि गणपुरक संख्याको अभावमा उच्च अदालत गठनका लागि प्रस्तावित विधेयक पेश हुन नसकेपछि सो को भेद खुलेको हो । विधेयक पेश गर्न निम्नतम् गणपुरक संख्या १४९ हुनुपर्नेमा सो समयमा सदनमा १२६ जनामात्र सांसद थिए । ५९५ सदस्य बहाल रहेको संसदमा एकतिहाई सदस्य पनि पुग्न सकेन । उनहिरु नेशनल डेमोक्रयाटिक इन्स्टिच्युट ९ल्म्क्ष्० नामक अन्र्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा संसद छोडेर गएका थिए । यो घटनाले नेपालको संसद कताबाछ नियन्त्रित छ भन्ने देखाएको छ । सांसदहरु हराएर सदनको काम अवरुद्ध भएपछि सञ्चारकर्मीहरुले उनीहरुको खोजी गर्दा सभासद्हरु भने लाजले फोन बन्द गरेर बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा थिए । नेपालको संसद लेनिनको शब्दमा ‘खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने पशल हो’ भन्ने भनाईलाई यो घटनाले पुनस्मरण गराएको छ । सदन त देखाउने दाँत हो चपाउने दाँत भने अन्यत्रै हुन्छन् । बहुमत सांसदहरु शंकासाद गैरसरकारी संश्थाप्रति वफादार हुन्छन् । उनीहरुप्रति बफादार हुन्छ भन्ने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :