इरानद्वारा अमेरिकी सैन्य शिविरमा हमला, ८० अमेरिकी सैनिक मारीएको दावी

 फोटो  फाइल : गुगलबाट

काठमाडौँ :आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीलाई अमेरीकाले ड्रोन हमला गरेर मारेपछि त्यसको जवाफमा इरानले इराकस्थित अमेरिकाका दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा ८० अमेरिकी मारिएको इरानी संचारमाध्ययको दाबी छ । इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रबार अमेरिकी आक्रमणमा मारिएका सुलेमानी हत्याको बदला लिन ती क्षेप्यास्त्रहरु प्रहार गरिएको हो । अमेरिकी रक्षा मन्त्रालयलका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो । ती क्षेप्यास्त्रहरू इरानबाटै प्रहार गरिएको बताइएको छ । मानवीय क्षतिका सम्बन्धमा पेन्टागनले केही बताएको छैन । गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ । इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ । सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो । इराकमा अमेरिकाका ५ हजार सैनिक रहेका छन् ।

२०७६ पुष २३ गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :