नुवाकोट सेक्रेटरी सिलवाललाई रिहा गर : मिलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका बिशेष ब्युरो इन्चार्ज मिलनले आफ्नो पार्टीका उपत्यका विशेष ब्युरो सदस्य तथा नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाल ‘अशोक’ लाई प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ब्युरो इन्चार्ज मिलनले आस्थाकै आधारमा आफ्नो पार्टीका नेताकार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई अनावश्यक गिरफ्तार गरेर विभिन्न झुटा मुद्दामा फसाउने कार्य गरेको बताएकाछन् । साथै उनले राष्ट्रघात जनघात, भ्रष्टाचार, जनहत्या र कमिशनका विरुद्ध संघर्ष अघि बढाउने चेतावनी दिएका छन् । ‘विश्वका धेरै ठुला तानाशाहहरु जनताको शक्तिसँग धुलो चाटेको इतिहास छ र राज्यले यसप्रकारको गलत रबैया नरोके त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं राज्य हुनुपर्ने छ ।’ मिलनको विज्ञप्तिमा भनिएको छ ।

२०७६ पुष २३ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :