रातोखबर साप्ताहिकका प्रबन्ध निर्देशक चापागाईँ रिहा

काठमाडौंँ :  पत्रकार तथा रातोखबर साप्ताहिकका प्रबन्ध निर्देशक भिमप्रसाद चापागाईँ रिहा भएका छन् । चापागाईँलाई बुधबार काठमाडौँ जिल्ला प्रशासनले धराैटीमा रिहा गरेको हो । 

पत्रिकाको कामको शिलसिलामा रहेकाेबेला प्रबन्ध निर्देशक चापागाईँलाई प्रहरीले ११ दिनअघि काठमाडौँबाट गिरफ्तार गरेको थियो । प्रहरीले उनलाई अभद्र व्यवहारको मुद्दा चलाएको थियो । 

चापागाईँको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी र जनपत्रकार संगठन ललितपुरका  अध्यक्ष विनोद श्रेष्ठ काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुगेका थिए । चापागाईँको गिरफ्तारी संचारमाध्यममाथिकाे नियाेजीत हमला भन्दै पत्रकार संगठनहरुले विरोध गरेका थिए ।  

उनीहरुले मिडिया सम्बद्ध ब्यक्तिमाथि आस्थाकै आधारमा गिरफ्तार गरेको भन्दै जनताको अभिब्यक्ती स्वतन्त्रतामा बन्देज लगाउन नहुने बताए । 

चापागाईँको गिरफ्तारी संचारमाध्यममाथिकाे नियाेजीत हमला भन्दै जनपत्रकार संगठन नेपाललगायतले विरोध गरेका थिए ।

 जनपत्रकार संगठन नेपालका  अध्यक्ष प्रकाश डुम्रे लगायतले चापागाईँको अबिलम्ब रिहाइको माग गरेका थिए । उनीहरुले प्रेस स्वतन्त्रतालाई खुम्च्याउने नियतले चापागाईँलाइ गिरफ्तार गरिएको भन्दै आपत्ति जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :