नवलपुरको घटना हाम्रो पार्टीको होइन : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाको कावासोती नगरपालिका १४ नम्बर बडाको कार्यालयमा भएको आगजनी आफ्नो पार्टीले नगरेको स्पष्ट पारेको छ । नेकपाका जिल्ला सेक्रेटरी शीतलले प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीलाई बदनाम गराउने उद्देश्यले राज्य वा अन्य घुसपैठबाट उक्त आगजनी भएको हुनसक्ने भन्दै त्यसबाट सतर्क रहन पार्टीपङ्क्ति र जनसमुदायलाई आग्रह गरेका छन् । साथै शीतलले उक्त घटनाप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको भन्दै बिनाकारण भौतिक सम्पत्तिमा क्षति पुग्ने खालका घटनामा आफ्नो पार्टी संलग्न नहुने कुरा स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :