
रातो खबर संवाददाता/बुटवल, असार १४ : ढिलोगरी प्राप्त समाचारअनुसार शिवराज न.पा.–९, बिजौरीमा असार ११ गते नेकपाका जिल्ला नेताहरु मालबहादुर घर्ती ‘हिमाल र नन्दलाल पुरी’ लाई पक्राउ गर्न साँझ गाउँमा पुगेका प्रहरीलाई स्थानीय जनताले नियन्त्रणमा लिएर हतियार खोसेका थिए । आदिबासी थारु तथा मगर समुदायको बाहुल्य रहेको बिजौरी आसपासका जनताले प्रहरीलाई घेरेर आत्तिएका प्रहरीले माफी मागेपछि फेरि गाउँमा नआउने र आफ्नो गल्ती भएको स्वीकार गरेपछि स्थीनीयले हतियार फिर्ता दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्