बन्द सफल भयो नेकपा

banda final (R)अम्बिका चन्द/काठमाडौं, असार १३ : गृहमन्त्री जनार्दन शर्माले वलप्रयोग गरेर राजमार्ग खुलाउन सुरक्षा निकायलाई कडा आदेश दिए पनि आफ्नो पार्टीले आयोजना गरेको बन्दको कार्यक्रम पूर्णरुपमा सफल भएको नेकपाले जनाएको छ ।
दोश्रो चरणको निर्वाचन हुने भनिएका प्रदेशहरुलाई लक्षित गरि आयोजना गरिएको बन्दको प्रभाव आज अत्याधिक परेको छ । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधन ठप्प रहेका छन् । शहर बजार, उद्योगधन्दा र कलकारखाना पनि बन्द रहेका छन् । प्रदेश नं. १ मा पर्ने झापाको चन्द्रगढी, दमक, विर्तामोडलगायतका ठूला शहरहरुमा बन्दको बढि प्रभाव परेको छ ।
यस्तै पूर्वको राजधानी मोरङको विराटनगर, सुनसरीको इटहरी, इनरुवालगायतका अन्य साना बजारहरुमा पनि वन्दको व्यापक प्रभाव परेको छ । प्रदेश नं ५ अन्तर्गत पर्ने रुपन्देहीको बुटवल, भैरहवा, दाङ्गको घोराही, तुल्सीपुर र बाँकेको नेपालगन्जमा पनि बन्दको प्रभाव परेको छ । उता प्रदेश नं ७ अन्तर्गत पर्ने कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र डोटीकोे दिपायलमा बन्दको प्रभाव परेको छ । चुनावको विरुद्धमा रहेकाहरुले दर्जनौ ठाँउहरुमा बम प्रहार गरेकोले यी ठाँउमा तनावग्रस्त बनेका हुन् । यत्रतत्र भेटिएका बमहरु निष्क्रिय पार्न नेपाली सेनाको प्राविधिक टोली दिनभरी खटिनु परेको थियो । बन्दको अवज्ञा गरेर सवारी साधन चलाएकोले एकाविहानै इलाममा एउटा मालवहाक ट्रक र एउटा भ्यान बन्दकर्ताको निशानामा परे । बन्दको समयमा अन्य कुनै अप्रिय घटना नभएको र बन्द पूर्णरुपमा सफल भएको नेकपा श्रोतले जानकारी दिएको छ । यसैबिच बाजुराबाट प्राप्त समचारअनुसार सदरमुकाम मार्तडीमा बम निस्क्रिय पार्न भन्दै प्रशसनले कर्फ्यू लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :