‘देशका लागि लड्नेहरूलाई झूट्टो मुद्दामा नफसाऊ’


काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले भारतीय साम्राज्यवादले नेपाली सीमा मिचेको विरोधमा प्रदर्शनमा उत्रिएका संगठनका नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टो मुद्दामा नफसाउन सरकारलाई चेतावनी दिएको छ । समितिका संयोजक वीरेन्द्र शाहले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् ।

शाहले विज्ञप्तिमा भनेका छन्, ‘भारतीय साम्राज्यवादद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सामा दार्चुला जिल्लाको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरिएको विषय र भारतीय हस्तक्षेपका विरुद्ध हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिद्वारा २०७६–०८–१० गते दार्चुलाको सदरमुकाम खलङ्गामा विरोध प्रदर्शनको कार्यक्रममा दलाल केपी–बादल गृह प्रशासनद्वारा निर्मम दमन गरी हाम्रो सङ्गठनका ६ जना विद्यार्थी नेता तिलक, सुवास, ध्वनि, ललित, गणेश र दीपकलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाइएको थियो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘०७६–०९–०१ गतेका दिन २१ दिनपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट धरौटीमा रिहा गर्ने आदेश जारी हुँदा अन्य पाँचजना कमरेडहरू रिहा भए पनि सङ्गठनका केन्द्रीय सदस्य क. तिलक कुँवरलाई पुनः गिरफ्तार गरी बझाङ पु¥याएर झूट्टो मुद्दामा फसाउने षड्यन्त्र गरिएको छ । यसको घोर भत्र्सना र कडा निन्दा व्यक्त गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो घटनाले राज्य सञ्चालन तहमा रहेका केपी–बादल कम्पनीको फासिवादी चरित्र सुस्पष्ट झल्किएको छ । देश बेच्ने दलालहरूको भन्डाफोर गर्दै सङ्घर्षमा साथ दिन सम्पूर्ण मानवअधिकारवादी, कानुन व्यवसायी, युवा विद्यार्थीहरू सबैमा हार्दिक अपिल गर्दछौँ । हाम्रो सङ्गठनका केन्द्रीय सदस्य तिलक कुँवरलाई ससम्मान रिहाइको जोडदार माग गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :