फर्किआऊ साइँला दाइ

कविता

फर्किआऊ साइँला दाइ घर–देशमा
बिरानोबिरानो लाग्छन् सबै परदेशमा
परदेशमै कतिखेर फाल्छौ जवानी
के हुन्छ ? प्रियसीसँगै जुनी काट्ने कहानी
मातृभूमिले बोलाएको छ अब आउनुपर्छ
साङ्लोले कैद छ उसलाई मुक्त गर्नुपर्छ
सहनु हुन्न अब अर्काको गुलामी
बरु होस् हाम्रो लासको सलामी
फर्किआऊ है साइँला दाइ…
जहाँ बगेको छ सहिदको रगत
नफाल खेर विदेशमा जवानी
आऊ यहाँ लेखिदिऊँ स्वतन्त्रताका कथाहरू
बुझिदिऊँ निमुखा र उत्पीडितका व्यथाहरू
दुनियाँलाई सम्झाइदिऊँ
गुलामै बनेको देशको कहानी
घर–देश फर्किआऊ साइँला दाइ
देश माग्दैछ बलिदानी !

२०७६ मंसिर १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :