मनसुन सुस्त/के हो मनसुन ?

mansunकाठमाडौं/असार १२ः भूमध्यरेखा भन्दा दक्षिणतिर मेडागास्करमा उच्च चापीय क्षेत्र विकास हुन्छ र एकप्रकारको वायु बन्छ । त्यो वायु प्रणाली सोमलियाको उत्तर हुँदै भारत, केरला राज्य, वेस्टनघाटसम्म आउँछ । त्यो वायुको एक भाग उत्तर–पश्चिम भारत हुँदै जम्मु–काश्मिरसम्म पुग्छ । अर्को प्रणाली वेस्टनघाटबाट उत्तर–पूर्व भारत बंगालको खाडीसम्म पुग्छ । त्यहाँ न्यून चापीय क्षेत्र विकास भएपछि त्यो मौसमी प्रणाली उत्तर–पूर्वी भारत हुँदै नेपालसम्म आइपुग्छ । त्यो वायु नै मनसुनी वायु हो । जुन हावा सुख्खा नभएर जलपाष्पयुक्त हुन्छ । त्यही वायु वाक्लो हुँदै तलतल झर्दै बादलको रुपमा देखिन्छ । बादल पानीको रुपमा धरतीमा खस्दछ । यो बर्षा शुरु भएपछि मनसुन शुरु भएको मानिन्छ । नेपालमा जेठ २७ बाट मनसुन शुरु हुन्छ । तर पृथ्वीको बढ्दो तापमान र वातावरणीय असन्तुलनका कारण ठिक त्यही दिनबाट मनसुन शुरु हुन छोडेको छ । सेप्टेम्वर २३ सम्म मनसुन जारी रहनु पर्ने भएपनि केही छिटो रोकिने गरेको छ ।
यो वर्ष जेठ २९ बाट मात्र मनसुन शुरु भएको थियो । तर पनि कमजोर मनसुन शुरु भएको छ । मनसुन वायु समुद्रबाट बहने हुनाले यसमा सुख्खा हावा नभएर प्रशस्त पानीका कणहरु रहने भएका कारण प्रशस्त बर्षा हुने गर्दछ ।

मनसुन वायु पूर्वबाट पश्चिमतिर क्रमशः कमजोर हुँदै बहन्छ । यसबर्ष नोपालको मध्य र पूर्वमा सहदर वर्षा हुने र पश्चिममा भने कम वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ । मनसुनको चार महिनाभित्र नेपालमा कास्की, लुम्लेमा सर्वाधिक वर्षा हुन्छ भने मुस्ताङमा सबैभन्दा कम वर्षा हुने गर्दछ । मनसुनको समयमा धेरै वर्षा हुने भएका कारण बाढी, पहिरोको जोखिम रहन्छ । त्यसकारण जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :