शुल्कवृद्धी विरुद्ध क्रान्तिकारीद्धारा शैक्षिक हडताल

akhilनारायण नेपाल/काठमाडाैं, असार १२ः निजि विद्यालयहरुले चर्को शुल्क वृद्धी गरेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सगठन अखिल (क्रान्तिकारी) ले भोलि मगलबार एक दिने उपत्यका ब्यापी शैक्षिक हडतालको आब्हान गरेको छ ।विगत बर्षहरुमा जस्तै निरन्तर शुल्क वृद्धी गरेका निजि विद्यालयहरुले २०७४ बैशाख १५ गते शिक्षा मन्त्रालयमा भएको सहमति बमोजिम वृद्धी गरिएको शुल्क फिर्ता नगरेकाे, मन्टेश्वरीको नाममा लुटपाट गरेको, चिकित्सा शिक्षाको नाममा चरम लुट भएको भन्दै आन्दोलनको घोषणा गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव रामबहादुर विश्वकर्माद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आन्दोलनको क्रममा क्रान्तिकारीले शुल्कवृद्धी गरिएका विद्यालयहरुमा कालो झण्डा गाढ्ने, सरोकारबालाहरुसँग अन्तरक्रिया, विद्यालयको लेखाशाखा र प्रध्यानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको छ । प्याबसनको तर्फबाट बरिष्ट उपाध्यक्ष डि के ढुङ्गानाको नेतृत्वमा गठन भएको बाता टोलीले वार्तामा बोलाएको भए पनि छलफल निष्कर्ष विहिन भएको र औपचारिकता पुरा गर्न मात्र बार्तामा बोलाएको अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य जि पि चौलागाईले बताए । शुल्क वृद्धी फिर्ता नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :