नेकपाको आधिकारिक वेभसाइट सार्वजनिक

Untitled-1.psd

काठमाडौं/असार १२ः नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले उद्घाटन गरेर पार्टीको आधिकारिक वेभसाइट सार्वजनिक गर्नु भएको छ । अनामनगरस्थित संवाद डबलीमा उक्त वेभसाइट सार्वजनिक भएको छ । वेभसाइटको नाम  www.thecpn.org रहेको छ ।

राजधानीको अनामनगरस्थित संवाद सार्वजनिक कार्यक्रममा बोल्दै नेता कञ्चनले नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियता, स्वाधीनता र समृद्धिको लागि राजनीतिक संघर्ष चलाइरहेको परिस्थितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई पार्टीको गतिविधिबारे तुरुन्त जानकारी दिने उद्देश्यले वेभसाइट संचालन गरिएको बताउनु भएको छ ।

news photo 1विश्वमा साम्राज्वादी दलालहरुको सत्ता मरणसन्न अवस्थाउन्मुख भइरहेको बेला क्रान्तिकारीहरुको विचार र आवाजलाई जनतासामू लैजान वेभसाइटको महत्व ठूलो भूमिका रहने विश्वास नेता कञ्चनले बताएको छ । सञ्चार माध्यमको क्रान्तिकारी भूमिकाले क्रान्तिलाई गतिशीलता दिने र जनतालाई क्रान्तिकारीको पक्षमा गोलबन्द हुन सकारात्मक भूमिका खेल्दै एकीकृत जनक्रान्तिको सेवा गर्ने बताएको छ ।
वेभसाइटमा पार्टीको दस्तावेज, विज्ञप्ति, कार्यक्रमलगायत गतिविधिहरुलाई राखिनेएको छ । पार्टीको गतिविधिलाई नियमित रुपमा अपडेट गर्ने साथै संचारमाध्यमले पनि यसैबाट आवश्यक सामाग्री लिन सकिने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :