मैले किन विद्रोह गरेँ ?

सन्देश पौडेलIMG_20160816_141223

तत्कालीन एकीकृत नेकपा  (माओवादी) को चर्चित सिकुटे बैठकले तत्काल जनविद्रोह सम्भव नभएकोनिष्कर्ष निकाले पछि नै मनमा अनेक शंका उब्जिएका थिए । शंका उब्जिएपछि अथवा जनविद्रोहको नेतृत्वले नगर्ने महसुस भएपछि भावनात्मक रूपमा नजिक भएका कमरेड प्रकाश लगायतका कमरेडहरूसँग छलफलगरियो । राजनीतिक समयमात्र होइन दशैंका१२ वर्षसमेत आमा–बुबासँग नभएर कमरेड प्रकाशसँग बितेका थिए । त्यसैले अन्तर्मनका कुरा उहाँहरूसँग नै हुन्थे ।

म सम्झन्छु, २०५९ सालमा तत्कालीन नेकपा (एकता केन्द्र) भित्र पार्टी एकताका विषयमा ‘माओवादीसँग एकता गर्ने कि मसालसँग ?’ भन्ने विषयमा बहस चलेको थियो । पार्टी भित्रकोदक्षिणपन्थी प्रवृत्तिका कारण त्यसबेला तत्कालीन माओवादीसँग एकता नभएरमसालसँग पार्टी एकता भयो । क्रान्तिकारीजनाधारसहित विद्रोहको तयारी गर्ने नीतिपारित भएको थियो । जसअन्तर्गत, वार्ता,संवाद, जनसङ्घर्ष जारी राख्ने निर्णय भएकोथियो । सहायक कामको जिम्मेवारी अमिकशेरचन, लिलामणि पोखरेलहरूलाई दिने रमूल नेतृत्वले वर्ग सङ्घर्षमा ध्यान केन्द्रितगर्नुपर्छ भन्ने हाम्रो धारणा थियो तर कमरेडप्रकाश नै सहायक काममा लाग्नुभयो ।

मूलकाम बेवारिस भएर गयो । कमरेड प्रकाशकोभूमिका कहिल्यै पनि हस्तक्षेपकारी भएन ।हामी एकतामा आउँदा ओवादीसँग
पार्टी एकता गर्नु हुँदैन भन्ने मत पनिथियो । कमरेड प्रकाशले ‘विद्रोह ढोकैमाछ’ भनेपछि हिजो एकता हुन नसके पनिअवको विद्रोहमा समावेश हुनुपर्छ भनेरपार्टी एकतामा गयौं । राजनीतिक ब्यूरो(पीवी) को सिकुटे बैठकपछि “हामीलाईविद्रोह ढोकैमा छ भनेर ल्याउनुभएको थियो ।विद्रोह नहुने, नगर्ने भएपछि तपाईंले विद्रोहगर्नुस्” भन्यौं । उहाँले मान्नुभएन । उहाँसँग
बहस भयो । त्यसपछि विकल्पका विषयमाछलफलहरू हुन थाले । त्यसैक्रममा कमरेडविप्लवसँग पनि छलफल शुरु भयो ।
एकीकृत नेकपा (माओवादी) बाटविद्रोह गरेका कमरेडहरूले बौद्ध भेला गर्नुभयो । बौद्ध भेलामा नेतृत्व निर्माण सहीभएन; अगाडि बढ्न गाह्रो छ भन्ने लाग्यो ।जहाँ क्रान्तिकारी प्रवृत्ति नै निरुत्साहित भएझैंलाग्यो । आग्रह, पूर्वाग्रह मूल पक्ष र विचार,
राजनीति, क्रान्तिको प्रश्नलाई सहायकबनाएर विभाजित भएको हो कि भन्ने लाग्यो ।विभिन्न प्रश्नसहित विद्रोहको मानसिकता
बनाइयो । आहुति, गिरिराजमणिसहितकाकमरेडहरूले नेतृत्वलाई शंकाका लाभउठाउन दिऊँ, एकपटक विश्वास गरौं भन्न
थाले । परिवार, इष्टमित्र, सहकर्मी सबैबाटठूलो घेराबन्दी भयो । रोई–कराई चल्यो ।
विभिन्न रूप र शैलीको दबाब झेल्न गाह्रोप¥यो । अहिले फर्केर हेर्दा त्यसबेला सहीनिर्णय लिन सकिएनछ भन्ने लागेको छ ।
मैले आफ्ना विषय राखेपछि यसलेयोजनाबद्ध रूपमा प्रकाशको विचार ल्यायोभनिएको थियो । अहिले नेकपा (माओवादी
केन्द्र) बाट विद्रोह गर्दा पनि सन्देश पार्टी बाहिरजान्न प्रकाशले दबाब सृजना गर्न राजीनामादिन लगाएको हो भन्ने प्रचार गरिएको
थियो । कमरेड प्रकाश र कमरेड बादलकाबीचमा मर्यादाक्रमको विवाद छ, त्यसकारणप्रकाशले राजीनामा दिन लगाएर प्रचण्डलाईदबाब दिएको हो भनेर न्युनीकरण गरिएकोथियो । यसबीचमा कमरेड प्रकाशसँग पनिछलफल भएको थियो । कमरेड प्रकाशलाई“तपाईं माओवादी केन्द्रमा सल्लाहकारकोहैसियतमा हुनुहुन्छ । सल्लाहकारको कुराआफ्नो अनुकूल भए मानिन्छ । अन्यथामान्नुपर्ने केही हुँदैन । तपाईंको विचारत्यो पार्टीमा नीतिगत विषयमा प्रभाव पार्नेहैसियतमा छैन । हामीलाई विद्रोह गर्न भनेरल्याउने मत मात्रै राखेर बस्नु नैतिक पनिहुँदैन । त्यहाँबाट विद्रोह गर्नुहुन्छ भन्ने ३महिना नै कुर्न सक्छु आँट गर्नुहुन्छ ?” भनेकोथिएँ । कमरेड विप्लवको कार्यदिशाकोविषयमा पनि छलफल भएको थियो । मैलेबुझेको कुरा राखेपछि “विप्लवको हामीले सोचेको कुरा एउटै भयो” कमरेड प्रकाशलेभन्नु भएको थियो । त्यसो भए विद्रोह गरौं नत भनेपछि ‘संविधान क्रियान्वयनको अन्तिमचरण पुरा नगरेसम्म विद्रोह नगर्ने’ भनेपछि‘मैले तपाईंको नेतृत्वमा एक दशक भन्दाबढी बिताएँ । संसदवादको पक्षमा बाँकीजीवन खर्चिन चाहन्न’ भनेर विदा भयौं ।मैले माओवादी केन्द्र छोडेको दिन विहान
कमरेड गिरिराजमणि पोखरेलले बोलाउनुभयो । मैले ‘तपाईंसँग विदा हुन आएको’भनेपछि उहाँले “सोच्ने ठाउँ छ भने सोचौं”
भन्नुभयो । अब त्यो चरण पार भइसक्योभनेर धेरै कुरा नगरी छुट्टियौं ।
माओवादी केन्द्र अगाडि बढ्दैन भन्नेसोंचमा त्यहाँ बहुसंख्यक नेता र कार्यकर्ता छन्तर विकल्पप्रति विश्वास छैन । मैले यताका
नेतृत्वका साथीहरूसँग लामो समयदेखिछलफल गर्दै आएको थिएँ । त्यसले विचारनिर्माण गर्न मलाई सहज भयो । मलाई
जस्तो छलफलको अनुकूलता धैरैलाई छैन ।राजनीतिक जीवन स्वतन्त्रताको यात्रा होभन्नेमा सहमत गराएर धेरैसँग सहकार्य गर्न
सम्भव छ ।कार्यदिशाप्रतिको बुझाइलाई अझप्रष्टता र एकरूपता ल्याउन आवश्यकछ । कतिपयले चीन र सोभियत सङ्घका
अनुभवहरूको समायोजनका रूपमा बुझेकाछन् तर यो फलाम र कागज जोडेजस्तोकार्यदिशा होइन । हाइड्रोजन र नाइट्रोजन
र नाइट्रोजन अलग–अलग पदार्थ हुन् । यीदुइलाई मिलाउँदा नयाँ पदार्थ ‘पानी’ बन्नपुग्छ । त्यो नयाँ पदार्थलाई हाइड्रोजन
र नाइट्रोजन भनिरहनुपर्दैन । सिधै पानीभन्दा हुन्छ । हाम्रो कार्यदिशा जनयुद्ध रजनविद्रोह दुवै होइन । यो दुवैका कतिपय
विशेषतासहितको मौलिक कार्यदिशा हो ।जहाँ प्रविधिलाई उच्च स्थानमा राखिन्छ ।आजको युगमा प्रविधिलाई साइबर सेनाका
रूपमा हेर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :