ध्रुवीकरण र एकीकरण भीषण सङ्घर्षकै प्रतिफल हो


download (1)

हेमन्तप्रकाश वली ‘सुदर्शन’, स्थायी समिति सदस्य, नेकपा (माओवादी)

 देशको समसामयिक राजनीतिक परिस्थितिलाई कसरी मूल्यांकन गरिरहनु भएको छ ?
दश वर्षको गौरवशाली जनयुद्ध र विभिन्न ऐतिहासिक जनआन्दोलनमा रगत पसिना बगाएरनेपाली जनताले राजतन्त्रले अन्त गरी जनगणतन्त्रल्याउन खोजेका थिए । पूँजीवादी गणतन्त्रस्थापना हुन्छ भने तत्कालका लागि उनीहरू चूपलाग्ने स्थितिमा थिए । आज जनयुद्धकै प्रमुखनेताहरू दलाल पूँजीवादी अर्थव्यवस्थालाई संरक्षणगर्ने दलाल पूँजीवादी राज्यसत्तामा विराजमान भए ।नेपाली जनता र दलाल पूँजीवादबीचको अन्तरविरोधतीव्र र प्रधान बन्न पुगेको छ । स्वाभाविक रूपमासाम्राज्यवाद र स्तारवादको स्तक्षेप प्रत्यक्ष भएकोछ । संसदवादी र क्रान्तिकारीबीच धु्रवीकरण भएकोछ । राज्यसत्ताका सबै अंग र संसदवादी पार्टीभित्रसंकट पैदा भएको छ । क्रान्तिकारी हस्तक्षेपका लागिआत्मगत स्थितिको तयारी गर्न आवश्यक छ ।
 स्थानीय निकाय पुनर्संरचनाका विषयमा संसदीय दलहरूका बीचमा द्वन्द्व देखिन्छ ।जनतामा असन्तुष्टि र कतिपय स्थानमा झडप भएको देखिन्छ । त्यसलाई कसरी हेर्नुभएकोछ ?
हरेक संसदीय दल र संदीय राजनीतिक व्यक्तिलेआफ्नो स्वार्थ अनुरूप अथवा आफूले कसरी चुनावजित्ने भन्ने मनसायले स्थानीय पुनर्संरचना गर्नचाहन्छन् । यो पंचायती रोग हो । जनतालाई सुविधादिनका लागि र उनीहरूको विकासको लागि कसैले
सोच्दैनन । यसले द्वन्द्व र असन्तुष्टि नै सृजना हुन्छ ।हाम्रो भनाइ के छ भने जनताको सेवा र विकासकादृष्टिले स्थानीय निकायको पुनर्संरचना गर्नुपर्दछ । योकुरा दलाल पूँजीवादी नेता र राज्यसत्ताबाट सम्भवछैन । वास्तविक क्रान्तिको आवश्यकता छ ।

 सरकारको स्थानीय निकायको निर्वाचनगर्ने घोषणा गरेको छ । निर्वाचन भयो भने तपाईंहरूको नीति के हुन सक्छ ?
पहिलो कुरा त अहिलेकै गञ्जागोल स्थितिमापुष्पकमल दाहालको सरकारले स्थानीय निकायकोनिर्वाचन गर्न कठिन छ । प्रान्तीय र स्थानीय तहकोसिमाङ्कन नै भएको छैन । मधेसवादी दलहरूलेभने अनुसारको संविधान नबनेकोले उनीहरू सरकारबाहिर छन् । क्रान्तिकारी कम्युनिस्टहरू संविधानमैविपरीत मत राख्छन् । यस्तो स्थितिमा उक्त निर्वाचनभयो भने पनि नेपाली जनताले बाहिष्कार गर्नुकोविकल्प छैन ।
प्रसंग बदलौं, तपाईंहरूले एकीकरण र धु्रवीकरणको प्रक्रिया शुरु गरेको देखिन्छ ।धु्रवीकरण र एकीकरणलाई भावी दिनमा कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
अनुभवले के बतायो भने धु्रवीकरण र एकीकरण भीषण सङ्घर्षको प्रतिफल हुँदोरहेछ । पहिलो कुरा त प्रचण्डको नेतृत्वमा
रहेको पार्टी नवसंशोधनवादमा पतन भएपछि हामीलेविभिन्न समयमा विभिन्न समूहद्वारा विद्रोह ग¥यौं ।दोश्रो कुरा लामो छलफल र बहस भएपछि हामीकार्यदिशा र रणनीतिमा समान बुझाइमा आएरधु्रवीकरणमा पुग्यौं । अन्ततः पार्टी एकता भयो ।भाद्र ७ गते यसको भव्य समुद्घाटन भएको छ ।हामी विभिन्न संशोधनवादी र नवसंशोधनवाद गुटमाअलमल पर्नुभएका र व्यक्तिगत रूपमा रहनुभएकाक्रान्तिकारीहरूसँग छलफल गरिरहेका छौं । योछलफल र बहसले धु्रवीकरण व्यापक बनाउनेछ ।क्रान्तिकारी कार्यदिशाको विकास नै धु्रवीकरणकोमूल आधार हो । पुरानो राज्यसत्ताका विरुद्ध एकीकृतजनक्रान्ति, खराब आदतको सत्ता विरुद्ध सांस्कृतिक क्रान्ति र यसको परिणाम वैज्ञानिक समाजवाद हाम्रोकार्यदिशा हो ।

 वर्ग सङ्घर्षमा खास उच्चता हासिलगर्न सक्नुभएको छैन । यस्तो अवस्थामाधु्रवीकरणमा मात्र जोड दिँदा पार्टी जनपार्टीर चुनावी पार्टी बन्ने र जुझारु रूपमा ह्रासआउने त होइन ?
कुनै पनि वस्तुको मात्रा मात्रा हुँदै गुणात्मकविकास हुन्छ । यही कुरा वर्गसङ्घर्षमा पनिलागू हुन्छ । हामीले धु्रवीकरण र वर्गसङ्घर्षलाईआवश्यकतानुसार प्रमुख र सहायक रूपमा अघिबढाइरहनुपर्छ । यसले गर्दा वस्तुगत र आत्मगतस्थितिलाई परिपक्वतामा लैजान्छ । अहिले हामीले धु्रवीकरणद्वारा अनुभव र प्रतिभाहरूलाई जोडेरआजको परिस्थितिमा जनक्रान्ति सम्पन्न गर्न सक्नेपार्टीको निर्माण गर्न चाहन्छौं । हामी जनपार्टी होइन, जनताको नेतृत्व गर्न सक्ने पार्टी बनाउन चाहन्छौ । यसले जुझारूपनमामा ह्रास आउने होइन, बरु जुझारूपन आउने पार्टी बन्दछ । जहाँर जुन पार्टीमा संगठनात्मक पद्धति हुँदैन, पार्टी र
जनताबीचको अन्तर र अन्तरसम्बन्ध थाहा हुँदैन त्यहाँ र त्यो पार्टी मात्र प्राणहीन र संसदवादी पार्टीबन्दछ । हामीसँग जनवादी केन्द्रीयता छ, जनदिशाछ, सांस्कृतिक क्रान्तिको स्तरमा आलोचना रआत्मालोचनाको हतियार छ, त्यहाँ कसरी जुझारूपनघट्छ । अझ हाम्रो निरन्तर वर्गसङ्घर्षमा पनिगाँसिएका छौं ।यही धु्रवीकरणको प्रक्रियाबाट नै हामीलेवर्गसङ्घर्षमा उच्चता हासिल गर्दै पुरानो वर्गसत्ताकोअन्त र वैज्ञानिक समाजवादको स्थापना गर्नेछौं ।

 तपाईंहरूको नयाँ पार्टी बनाउने भन्नुभएको छ । त्यो नयाँपनको अभिव्यक्ति कसरीगर्नुहुन्छ ?
हाम्रो पार्टी सदस्य संगठनात्मक रूपले मात्र संगठित हुनेछैन, बरु विचारधारात्मक रूपले संगठितहुनेछ । केन्द्रदेखि सेलसम्म सदस्यहरू यही मान्यतामारहनेछन् । वृद्ध जनवादको अभ्यासद्वारा केन्द्रीयतासृजना गरिनेछ । सांस्कृतिक क्रान्तिको स्पिरिटमा
आलोचना र आत्मालोचनाद्वारा खाँदिएको पार्टीसदस्य र पार्टी बन्नेछ । द्वन्द्वात्मक तथा ऐतिहासिकभौतिकवादलाई पार्टी सदस्यहरूले आफ्नोविश्वदृष्टिकोण बनाएपछि ती सदस्यहरूमाथि गलतप्रवृत्तिहरू हावी हुन सक्नेछैन । उनीहरू साधारण
मानिसको लागि अनुकरणीय श्रम र उत्पादनसँगगाँसिएका मानिस हुनेछन् । आजको साम्राज्यवादमाथिकसरी विजय प्राप्त गर्ने भन्ने विषयका व्याख्यातामात्र होइन उपायकर्तासमेत उनीहरू हुनेछन् । यसरीनै नयाँ पार्टीको अभिव्यक्ति हुनेछ ।

 प्रतिक्रान्तिका विरुद्ध माओले निरन्तरक्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभएकोथियो । माओको निधनपछि त्यहाँ पनिप्रतिक्रान्ति भयो । नेपालको जनयुद्ध पनिप्रतिक्रान्तिमा बदलिएको छ । प्रतिक्रान्ति रसंशोधनवादका विरुद्ध कसरी लड्नुहुन्छ ?
१ अक्टोबर १९४९ मा चीनमा नयाँ जनवादी,क्रान्ति सम्पन्न भयो । २५ वर्ष क्रान्तिमा होमिएकानेताहरूभित्र सन् १९५१ मा तीन खराबी, सन्१९५२ मा ५ खराबी आए । समाजवादमा संक्रमणगर्ने वा अझै पूँजीवादको विकास गर्ने भन्ने सवालमा१९५६ उद्घाटन भएको आठौं महाधिवेशन १९५८मा सम्पन्न भयो । माओ र जनताको बलले चीनसमाजवादी गणतन्त्रमा प्रवेश ग¥यो । उता लेनिनर स्टालिनको पार्टीभित्रै जन्मेको खुश्चोभले १९५५मा सम्पन्न सो.सं.क. पा. (बोल्सेविक)को २०औं महाधिवेशनमा शान्तिपूर्ण संक्रमण शान्तिपूर्णसहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र सबै जनताकोपार्टी जस्ता माक्र्सवाद विरोधी प्रस्ताव पारित गरायो ।
उसकै अनुयायीका रूपमा ल्यू साओ ची र तेङ्गस्याओपिङ् चीनमा प्रष्टरूपमा देखापरेका थिए ।सन् १९६६ सम्म आइपुग्दा एउटा नयाँ क्रान्तिकोआवश्यकता महसुस भयो । पुरानो तथा खराबविचारधारा, रीतिरिवाज, विरासत र बानीबेहोरोकाविरुद्ध नयाँ तथा वैज्ञानिक विचारधारा, रीतिरिवाज,विरासत र बानीबेहोराको लागि एउटा नयाँ क्रान्तिकोआवश्यकता प¥यो । यसैलाई माओ र उहाँकासहयाद्धाहरूले महान् सर्वहारा सांस्कृतिक क्रान्तिभनी संश्लेषण गर्नुभयो । अर्को भाषामा यसलाईसर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति पनिभनिएको थियो ।सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यविश्वदृष्टिकोणको समस्या समाधान गर्ने हो भनीमाओले संश्लेषण गर्नुभएको छ । हजारौं वर्षदेखिमानिसको दिमाग विषालु बनाइसकेका पुरानोविश्वदृष्टिकोण एक दुईवटा सांस्कृतिक क्रान्तिलेमात्र रूपान्तरण गर्दैन । त्यसैले यसलाई निरन्तरचलाउनुपर्छ । संशोधनवादका जरा यही उपायद्वारामात्र बदल्न सकिन्छ । यस प्रसंगमा यो कुरा पनि बुझ्नजरुरी छ कि माओ र उहाँका सहयोद्धाहरूले संचालनगरेको यो क्रान्ति माओको मृत्यु र प्रतिक्रान्तिले गर्दा दश वर्षमै सोकियो । आज हाम्रो काँधमा यसकोसमीक्षासहित यो अधुरो कार्यभार अघि बढाउने
जिम्मेवारी आएको छ । नेपालमा त जनयुद्ध अघिबढिरहेकै अवस्थामा मुख्य नेतृत्वले गद्दारी ग¥यो ।जनवादी क्रान्ति नै पूरा भएन । क्रान्तिको नेतृत्वगरेको नेताहरू पुरानै सत्तामा पुगेर गद्दारी मात्र गरेका नन्, तीन खराबी र पाँच खराबीद्वारा जनतालाईजुकाले झैं चुसिरहेका छन् । पुराना शासकहरूभन्दाघीनलाग्दो अनुहार देखाइरहेका छन् ।त्यसकारण हामी के निष्कर्षमा पुगेका छौँ भनेपुरानो राज्यसत्ताका विरुद्ध एकीकृत जनक्रान्ति गर्नेभनेको आफैभित्रको खराब आदतको सत्ताको विरद्धसांस्कृतिक क्रान्ति पनि सँगसँगै चलाउनु हो । यसोनगरी संशोधनवादलाई हराउन सकिँदैन । संशोधन नहराईकन साम्राज्यवादलाई हराउन सकिँदैन ।

नेपाली क्रान्तिलाई अब कसरी अघि बढाउँदै हुनुहुन्छ ?
यसको मूल उत्तर त यसअघिको प्रश्नहरूकोविभिन्न ठाउँमा दिइसकेको छु । यहाँ केमात्र भनौँ भने प्रतिक्रान्तिका शिक्षासहितविचारधारात्मक, राजनीतिक, आर्थिक रसंगठनात्मक परिपक्वतासहितको जनक्रान्तिद्वाराहामी अघि बढ्छौं । वस्तुगत स्थितिलाई सामना गर्नेआत्मगत स्थितिद्वारा नै क्रान्ति सम्पन्न हुन्छ ।

 पार्टीको नाम बदल्नुभयो नि ?
नेपाल कम्युनिस्ट पार्टी माओवादी र कम्युनिस्ट न्यूक्लियस नेपाललगायतका पार्टी तथा क्रान्तिकारी व्यक्तिहरूबीच एकीकरण र धु्रवीकरण भई पुनर्गठन भएको पार्टीको नाम हामीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखेका छौँ । २०५२ सालमा
जनयुद्धको पहल गर्ने पार्टीको सक्कली नाम यही थियो । बीचमा यसको नाम एमाओवादी भएपछि फूट र विभाजन भयो । फेरि क्रान्तिकारीहरूको धु्रवीकरण प्रक्रियामा त्यसको निषेधबाट उही नेपाली कम्युनिस्ट पार्टी (माओवादी) (कोष्ठमा माओवादी)
होइन, विकसित भएको अर्थमा यो नाम स्थापितगरिएको छ । अथवा यसलाई नकारको सकार भन्नसकिन्छ । प्रचण्डले नेतृत्व गरेको एमाओवादी हुँदै माके संसदवादमा पतन भएको छ र विप्लवकोनेतृत्वमा ने.क.पा. माओवादी ने.क.पा.(माओवादी) मा विकास भएको छ ।
 तपाईंहरूको कार्यदिशा सही छ भन्ने आधार के हो ? फौजी कार्यदिशा नै छैन भन्छन् नि
माक्र्सवादी भनेको प्रकृति विज्ञान र समाज विज्ञानको संश्लेषण हो । माक्र्सवादी राजनीतिकतथा सैन्य कार्यदिशा यी दुवै विज्ञानको विकासको ठोस अभिव्यक्ति हो । आजको युग भनेको विज्ञानतथा प्रविधिको युग हो । यसको साथै निगम  साम्राज्यवादको युग हो । विज्ञानमा वैज्ञानिक स्टेफन हकिन्सले आइन्स्टाइनको सापेक्षताको सिद्धान्त र क्वान्टम यान्त्रिकीको अनिश्चितताको सिद्धान्तजोडेर एकीकृत भौतिकीको सिद्धान्त बनाएका छन्भने निगम साम्राज्य पनि एकिकृत रूपमा आएको छ ।यसबाट निस्कने राजनीतिक तथा फौजी कार्यदिशापनि एकीकृत जनक्रान्ति बन्न पुग्नु स्वाभाविक छ ।यसबाट प्राप्त हुने जन व्यवस्थाको नाम वैज्ञानिकसमाजवादी गणतन्त्र नेपाली नै हो ।Hemanta-Prakash-Oli

 मध्यम वर्गलाई क्रान्तिमा समेट्ने भन्नु भएकोछ । त्यसलाई समेट्ने नीति र विधि के हो ?
यो मानि लिनुस् कि नगर वा गाउँको कुनैटोलमा गएर अनुसन्धान गर्नुभयो भने एकातिरक्रान्तिकारी पार्टीमा संगठित थोरै मानिस मात्रहुन्छन् र अर्कोतिर संसद्वादी पार्टीमा संगठित पनिथोरै हुन्छन् । ठूलो संख्या मध्यम वर्गको हुन्छ ।त्यसलाई जसले आफूतिर तान्यो त्यही पार्टी बलियोहुन्छ । यो त सबैले जानेको कुरा भयो । अहिलेआएर श्रमिक र बौद्धिक मध्यम वर्ग बढेको छ ।
शारीरिक र बौद्धिक कार्यसँग जोडिएको मध्यम वर्गक्रान्तिमा नजोडिइकन आफ्नो श्रम र बौद्धिकदोहनबाट मुक्त हुन सक्दैन । यो कुरा बुझिसकेपछिउनीहरू मजदूर किसानसँग एकताबद्ध हुनु अनिवार्यबन्न जान्छ । राजनीतिक अर्थशास्त्रसँग जोडिएको
यो कुरा बुझाउने हाम्रो कार्यक्रम छ । त्यसले नै त्योवर्गलाई एकीकृत जनक्रान्तिमा तान्नेछ ।

अन्तमा थप केही भन्न चाहनुहुन्छ कि ?
वैज्ञानिक समाजवाद निगम साम्राज्यवादको गर्भमा व्याकुल भएर छटपटाइरहेको छ । हामी सबै धाई बनेर सुरक्षित जन्माउन धैर्यतापूर्वक अघि बढौं ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :