किन बढदै छ कपिलवस्तुमा प्रहरी ज्यादती ?

Nepal-Armed-Police-Forceकपिलवस्तुमा गृहमन्त्रिको आदेशमा प्रहरी ज्यादती चरम पुगेको छ । प्रहरीले एक महिनायता हरेक दिन माओवादी नेता कार्यकर्ता गिरफतार गर्ने,छापामार्ने झुठामुद्धा लगाउने कार्यलाई तिव्रपारेको छ । नेकपा (माओवादी)का केन्द्रिय सदस्य बालथापा कृति का छोरी ज्वाईलाई पटक पटक पक्राउ गर्ने ,छापामार्दै अन्नबाली नष्टगर्ने गरीरहेको छ ।
नेता थापाका जिवनसगीनीलाई विनाकारण पटक पटक गिरफतार गर्दै छाडदै गरेर छोडदै गरेर मानसकि यातना दिईरहेको छ । माओवादी कार्यकर्ता तथा वाडगंगा नपा सिउटी गाउ निवासी गणेश चौधरीलाई पक्राउगरी दोषी प्रमाणित गर्न नसके पछि २४ औ दिन पछि सार्वजनिक अपराध तथा सजाय ऐन अन्र्तगत मुद्धालगाएर रिहा गरीयो । बिडम्वना रिहा भएकै समयमा तत्काल जिल्ला प्रशासन कार्यलायको मुलद्धारबाटै चौधरीलाई फेरी पक्राउ गरी प्रहरी हिरासतमा पुयाइयो ।
त्यस पछि प्रहरीलाई मार्न खोज्दा नियन्त्रणमा लिएको कथा बनाएर प्रहरीले आफनै पेस्तोल सिउरेर फोटो खिचेर कर्तब्य ज्यान मुद्धा लगाएको छ । घटना प्रकृति हेर्दा २०५२ २०५३ सालका प्रारम्भिक दिनमा प्रहरीले रोल्पा ,रुकुममा गरेकाझै ज्यादती गरेका झै ज्यादती गरेको स्प्रष्ट देख्न सकिन्छ । माओवादी कार्यकर्ता र जनताका लागी कपिलवस्तु जिल्ला यसबेला जनयुद्धकालझै भएको छ ।
प्रहरी अनुसन्धानको पछिल्लो अन्त्याधुनिक अनुसन्धान प्रक्रिया पोलिग्राफ परिक्षणमा समेत गणेश चौधरीलाई झुटा मुद्धामा फसाउन खोजेको आरोप नेकपा (माओवादी)का लुम्बिनी ब्युरो इन्चार्ज तथा केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द विरजंगको छ ।
उता कपिलवस्तु एसपी विस्नुकुमार कार्कीले माथिको दबावमा पक्राउ र छापामार्न बाध्य भएको निरीहता प्रकट गरेका छन् । हालै नेपाली कांग्रेश कपिलवस्तुको जिल्लाको बैठकले माओवादीका नेताहरुलाई पक्राउ गर्न दबाब दिने निर्णय समेत गरेपछी ज्यादतिका घटना बढेको हो । भाद्र ११ गतेमात्र कपिलवस्तुका ११वटा घरमा प्रहरीले छापामारेको छ । त्यसक्रममा हेमन्त चौधरीको घरबाट एउटा भटभटे प्रहरीले लगेको समाचारमा जनाईएको छ ।
भारतीय सामन्तहरु इतियार अहमत खाँ ,इकवाल अहमद खाँ र असफाक अहमद खाँ तीन भाईको नाममा वाडगंगा नपा सिउटी गाउको देउवापारमा २९ विधा जग्गा रहेको छ । सो जग्गा माओवादीले २०६१ सालमा कब्जा गरी थारुजातिका पुस्तौनि जोताहा ,भुमिहीनहरुलाई नै भोगचलन गर्न दिएको थियो । कांग्रेश र प्रचण्ड समुहको नेताहरुले सो जग्गा सामन्तलाई फिर्ता गर्न पटक पटक दवाब दिएका थिए । काठमाण्डौ बाट प्रचण्ड बावुराम ,देउवाका प्रतिनिधी जान्थे फर्कन्थे । वकिल रविन्द्र के सी लाई स्थानियले दलाली गर्न जादा धम्क्याएर र्फकाएका थिए ।
नेपाली कांग्रेशबाट गत निर्वचनमा उमेदवार बनि विजय भएका संसद अतहर कमाल अर्का सभासद सुरेन्द्र आर्चाय र माओवादी केन्द्रका केही नेताहरुले किनेर चक्लाबन्दि गरी कमिशन खान चाहेका छन् । तर माओवादीले सो जग्गा दलालि रोकेर जोताहालेनै पाउनु पर्ने जिकीर गरीरहेको छ । जग्गाबाला भारतिय नागरीक उत्तरप्रदेश,सिदाण्र्थ नगर जिल्लाको सदरमुकाम नौगढदेखि ३ किमी दुरीको महौदयाका निवासी हुन । सोही जग्गा हात पार्नका लागी कमिशनखोर र दलालको उक्साहटमा कपिलवस्तुमा माओवादी विरुद्ध ज्यादती भएको कपिलवस्तुबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :