नाबालकलाई चुनावमा/किन बोल्दैनन् बाल अधिकारकर्मी

balbalikaकाठमाडौं/असार १२:  विद्यालय जानुपर्ने उमेरका नावालकहरुलाई सैन्य र राजनीनिक स्वार्थमा प्रयोग गर्नु बालअधिकारको घोर उल्लंघन मानिन्छ । तर संसदीय दलहरुले आफ्नोे चुनाव प्रयोग, प्रचारमा बालबालिकाहरुलाई प्रयोग गर्दै आएका छन् । आइतबार सुनवालनजिक सोमनाथ पुलमा भएको घटनामा १४ बर्षे श्रीकान्त केवट घाइते भएका छन् । उनलाई ललाईफकाई चुनावी सभामा लगिएको थियो । विद्यालय पढ्दै गरेका केवट जस्ता हजारौं बालबालिका चुनाव प्रचारमा दुरुपयोग गरिएको छ । बालसेनाको हल्ला गरेर नथाक्ने अधिकारकर्मीहरुको त्यस दिशामा ध्यान नजानुलाई रहस्यमयका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :