थबाङमा जनसरकार घोषणा

thabang

काठमाडौं/असार १२:  संसदीय दलहरु स्थानीय तहको निर्वाचनमा हेलिएको र थबाङको माध्यामिक विद्यालयमा भएको बुथमा चहलपहल गरिरहेको बेला त्यसको १ सय मिटर पूर्ब गाउँको बीचमा नेकपाले थबाङ गाउँपालिका स्तरको जनभेला गरेर जनसरकार घोषणा गरेको छ ।

19478260_1896330187286401_1742725755_n

नेकपाका स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख सन्तोस बुढामगरको प्रमुख आतिथ्यमा भएको भेलाले थबाङ कै चर्चित अजम्बरी जनकम्युनका प्रमुख किताब घर्र्ति प्रमुख, जितबहादुर रोका–उपप्रमुख, प्रवक्ता – हितप्रसाद रोका ‘विप्लव’ र सदस्यहरु दलबहादुर घर्ति, राजबहादुर पुन, दलित प्रतिनिधि सिर्जना मिजार, पुरन परियार, महिला प्रतिनिधि विमला झाँक्री र ४ जना सदस्य रिक्त रहेको १७ सदस्यीय थबाङ जनसरकार घोषणा गरेको छ । भेलाले जनसरकारको नीति र कार्यक्रम गाउँ अधिवेशनद्वारा छिट्टै घोषणा गर्ने जनाएको छ । १० बुँदे घोषणापत्र जारी गर्दै समापन गरिएको छ । सो कार्यक्रमको अध्यक्षता किताब घर्ति, सञ्चालन जितबशहादुर रोकाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :