चितवनमा नेकपाको राजनीतिक प्रशिक्षण

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाको आयोजनामा भरतपुर महानगरपालिकामा जिल्लास्तरीय राजनीतिक प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणको अध्यक्षता जिल्ला सेक्रेटरी विजय शर्माले गरेका थिए । प्रमुख अतिथि जिल्ला इन्चार्ज शार्दूल थिए । स्वागत मन्तव्य सचिवालय सदस्य दिनेश शर्माले र कार्यक्रम सञ्चालन सचिवालय सदस्य क्रान्तिले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला इन्चार्ज शार्दूलले प्रशिक्षण दिँदै भने, ‘सामाजिक दलाल सरकारले सुखी नेपाली र समृद्ध नेपालको झूट्टो नारा दिँदै जनतालाई अनावश्यक कर थुपारेर जनताको जीवनस्तर कमजोर बनाएको छ । सत्ताधारी पार्टीको संलग्नतामा तस्करी, कालोबजारी, कमिसनखोरी, सुदखोरीलगायत अनेकौँ करहरु लगाएर जनतालाई लुटेको छ । राजनीतिक रूपले हत्या र दमनमा उत्रेको छ ।’ उनले भने, ‘समाजमा असुरक्षा, मानव तस्करी, बलात्कार, गुण्डागर्दी, ठगीधन्दा र अश्लीलता बढेको छ । यस्तो सामाजिक अपराध सरकारकै उपल्लो ओहोदामा बसेकाहरुबाट भएको छ र तिनलाई संरक्षण गरिएको छ ।’

उनले भने, ‘यो दलाल पुँजीवादी सरकार राजनीतिक रूपले असफल र सङ्कटग्रस्त छ । आर्थिक रूपले भ्रष्ट र परनिर्भर छ । सांस्कृतिक रूपले विकृत र सामाजिक रूपले असुरक्षित भएकाले यो सत्तालाई फालेर यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकताबद्ध भई आन्दोलन गर्नुको विकल्प छैन ।’

कार्यक्रममा सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

२०७६ कार्तिक १९ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :