सी युगमा चीनको कूटनीति

चु फङ्ग (Zhu Feng)
सीजिङपिङ चीनको राष्ट्रपति भएको दुई वर्ष पूरा भएको छ । विकासको माध्यमबाट विश्वशान्ति र समृद्धिका लागि चीनको योगदानलाई कायमै राखी घरेलु राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिक वृत्त दुवैमा चिनियाँ नेतृत्वको नयाँ पुस्ताले परिवर्तन र नवप्रवर्तनलाई पछ्याइरहेछ । चीन र अमेरिकाबीचको सम्बन्धलाई नयाँ ढाँचामा निर्माणदेखि छिमेकी राष्ट्रसँगको कूटनीतिक सम्बन्धलाई प्रोत्साहन दिँदै र चीनलाई सशक्त राष्ट्र बनाउने चिनियाँ सपनादेखि सामुद्रिक शक्ति बनाउने, शान्ति, आपसी सहयोग, समावेशीजस्ता सबैको भलो हुने विशेषता राष्ट्रपति सी जिङपिङको वैदेशिक नीतिमा रहेका छन् । विदेशमन्त्री वाङ यीले राष्ट्रिय जनकाङ्ग्रेसको सन् २०१४ को अधिवेशनको पत्रकारसम्मेलनमा बोलेजस्तै अघिल्लो वर्ष चीनको कूटनीतिको प्रमुख विशेषता यसको सिर्जनशीलता, नवप्रवर्तनको भावना हो भने २०१४ मा पनि यो भावना कायम नै हुनेछ ।
चिनियाँ सपना
सन् २०१२ नोभेम्बर २९ मा चिनियाँ राष्ट्रपति सी जिङपिङले चिनियाँ राष्ट्रिय सङ्ग्रहालयको भ्रमणताका पहिलोपटक चिनियाँ सपनाको अवधारणा प्रस्तुत गर्नुभएको थियो । १२ औँ राष्ट्रिय जनकाङ्ग्रेसको पहिलो सम्मेलनमा यसबारे विस्तृत व्याख्या गरिएको थियो । रुस र अफ्रिकाको भ्रमणताका अन्तर्राष्ट्रिय सम्मेलनमा ‘चिनियाँ सपना’ का सम्बन्धमा थप कार्यान्वयन पक्षमा व्याख्या गरिएको थियो । तान्जानियाँ भ्रमणमा सीले चिनियाँ सपनाबारे महान् पुनर्निर्माणमा चिनियाँ जनता दृढ रहेको र अर्कोतिर अफ्रिकी जनताको एकता र आर्थिक वृद्धिको माध्यमबाट स्वयम् विकासका लागि अफ्रिकी सपना पूरा गर्न एकापसमा सहयोग र समर्थनलाई अझै बलियो बनाउनुपर्ने उहाँले बताउनुभएको थियो ।

वर्तमान अवस्थामा चीनले मात्र होइन, सम्पूर्ण विश्व नै चिनियाँ सपना र यसको प्रभावबारे चनाखो भएर ध्यान दिइरहेका छन् । हो, अब चिनियाँ सपना के हो त ? राष्ट्रपति सीले जोड दिनुभयो । चिनियाँ सपना बुझ्न चिनियाँ विशेषता भएको समाजवादको पथलाई समात्नुपर्छ, देशभक्ति मुख्य कुरा भएको चिनियाँ भावनालाई प्रचार गर्ने, नवप्रवर्तन र सुधारलाई प्रमुखता दिएको समयको भावना, मुलुकका विभिन्न जातजातिको एकताबाट प्राप्त भएको चिनियाँ शक्तिलाई एकताबद्ध गर्नु हो ।
राष्ट्रपति सी उल्लेख गर्नुहुन्छ, “चिनियाँ सपना बुझ्ने पहिलो सर्त भनेको चिनियाँ विशेषता भएको समाजवादमा अडिग रहनु हो” त्यसको अर्थ हो सीको कार्यकालमा राष्ट्रवाद र देशभक्ति नै चिनियाँ कूटनीतिको प्रेरणाको प्रमुख कारण हुनेछ । यद्यपि चिनियाँ शैलीको राष्ट्रवाद र देशभक्ति कहिल्यै आडम्बर र आत्मश्लाघा हुनेछैन । वास्तवमा सीले प्रस्तुत गर्नुभएको चिनियाँ सपनाको उद्देश्य भनेको चीन र सम्पूर्ण संसारबीच सौहार्द र परस्पर लाभ होस् भन्ने नै हो । सीका अनुसार चिनियाँ सपना सम्पूर्ण विश्वकै प्रगति, शान्ति र स्थायित्व भएको संसारको सपना पनि हो । यसको अर्थ हो चिनियाँ सपना चिनियाँ जनताको भलोका लागि मात्र नभएर संसारका सम्पूर्ण जनताका लागि हुनेछ ।
साझा लक्ष्यको समुदाय
छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धमाथि २०१३ अक्टोबरमा भएको सम्मेलन नयाँ युगमा चिनियाँ विदेश नीतिमाथि भएको महत्वपूर्ण सम्मेलन हो । आफ्नो भाषणमा सीले जोड दिँदै भन्नुभयो, ‘दुईवटा शताब्दी लक्ष्य हासिल गर्न छिमेकी मुलुकसँग सुमधुर सम्बन्धलाई बलियो बनाउनु आवश्यक छ ।’ २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पूरा हुने अवसरमा हरेक पक्षबाट मध्यमस्तरको समृद्ध समाजस्थापना गर्ने र सन् २०४९ मा जनगणतन्त्र चीनको स्थापना भएको १०० वर्ष पूरा हुने अवसरसम्ममा समृद्ध, सशक्त, प्रजातान्त्रिक, सांस्कृतिक रूपमै सबल राष्ट्र बनाउनेछ । यो राष्ट्रिय रूपमै कायाकल्प हुने कारण बन्नु आवश्यक पनि छ । त्यसैले घरेलु विकासका लागि नरम वातावरण सुनिश्चित गर्न छिमेकी मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्छ जुन उनीहरूका लागि नै फाइदाजनक हुनेछ र यसले साझा विकास ल्याउनेछ । सम्मेलनको प्रमुख काम भनेको बितेको अनुभवलाई सँगाल्ने, वर्तमान अवस्थाको अध्ययन, सहमतिमा पुग्ने र त्यसैअनुरूप आगामी ५ देखि १० वर्षसम्मको लागि छिमेकी मुलुकसँग कूटनीतिक खाका र रणनीति निर्माण गर्नु हो ।

छिमेकी मुलुकसँग चीनको सम्बन्धको प्रमुख विषयमा यस सम्मेलनले कार्ययोजना र निर्देशिका तयार ग¥यो । छिमेकी मुलुकसँगको चीनको सम्बन्धलाई बलियो बनाउने र सामूहिक लक्ष्य निर्माण गर्ने सिको प्रस्तावले चीनको छिमेकी सम्बन्ध कायम राख्ने मुलुकसँग असल छिमेकी परम्परागत विचारलाई निरन्तरता दिएको छ । सन् १९५० ताका चीन र छिमेकी मुलुकबीचको सीमा विवादलाई सल्ट्याउने चिनियाँ सरकारले शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्त पेस गरेको थियो जसलाई विदेश नीतिको प्रमुख सिद्धान्त मानेको छ । असल छिमेकी र मैत्रीपूर्ण सम्बन्ध विवादलाई अस्थायी रूपमा पन्छाउनु, छिमेकी मुलुकसँगको कूटनीतिक आधार भूत सिद्धान्तको रूपमा फरक विचारलाई थाती राखेर साझा विकास खोज्न सन् १९९७ मा चिनियाँ कम्युनिस्ट पार्टीको १५औँ राष्ट्रिय सम्मेलनमा पेस गरिएको थियो ।

 

china-president

क्षेत्रीय सहयोगलाई प्रवद्र्धन, असल साझेदारी निर्माणका लागि आह्वान गर्ने र आर्थिक सहयोगलाई जोड दिँदै सन् २००२ मा चिनियाँ कम्युनिस्ट पार्टीको १६औँ राष्ट्रिय काङ्ग्रेसले यो सिद्धान्तलाई अझ बलियो बनाएको छ । यद्यपि सन् २०१० पछि केही छिमेकी मुलुक र चीनबीच निकैपटक सीमा विवाद भएको थियो । विशेषगरी संरा अमेरिकाको एसिया प्यासिफिक मामलामा असन्तुलित अवधारणाले गर्दा चीनको कूटनीतिले अप्ठ्याराहरू सामना गर्नुप¥यो । चीनको ठूला छिमेकीबीचको चर्को प्रतिद्वन्द्वी पूर्वीएसिया आर्थिक विकास र एकीकृत प्रगतिमा रुकावट र क्षेत्रीय विवादकारूपमा ती अप्ठ्याराहरू प्रकट भए । यो पृष्ठभूमिमा पनि छिमेकी मुलुकसँगको क्षेत्रीय विवाद समाधान गरी सुरक्षा सहयोग बढाउन र साझा समृद्धि र प्रगति हासिल गर्ने प्रयासस्वरूप चिनियाँ सरकारले समृद्धिमा साझेदारी र समावेशी रणनीतिलाई अगाडि सा¥यो ।

चिनियाँ सरकारले छिमेकी मुलुकको भौगोलिक क्षेत्रको पहिचान गरेको छैन । यद्यपि अघिल्लो सरकारको कूटनीतिबाट के स्पष्ट हुन्छ भने छिमेकी व्यवहार भौगोलिक अवधारणामा मात्र सीमित छैन । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको विकासोन्मुख राष्ट्रमा फैलिएको चिनियाँ प्रभाव र साझा विकास र समृद्धिलाई चिनियाँ नेतृत्वको विदेश नीतिको प्रमुख पक्ष भनेर मान्न गरिन्छ । सन् २०१३ मा चार एसियाली मुलुकको भ्रमणका अवसरमा राष्ट्रपति सीले पहिलोपटक रेसम मार्ग आर्थिक क्षेत्रको सामूहिक निर्माणको अवधारणा पेसगर्नुभएको थियो । त्यसको एक महिनापछि इन्डोनेसिया र मलेसियाको भ्रमणमा सामुद्रिक रेसम मार्गको प्रस्ताव राख्नुभएको थियो ।
यी दुई प्रस्तावले मात्र चीनको चीनको छिमेकी नीतिलाई सफल र गहिरो एवम् व्यापक विकासतिर सान्दर्भिक कार्य गर्न अगाडि बढ्न सक्ने मात्र होइन युरोप लगायत सम्पूर्ण एशियाली मुलुकसँग चनिको आर्थिक र सांस्कृतिक आदानप्रदानका लागि नयाँ सहयोगको संयन्त्रसमेत उपलब्ध हुनेछ ।
चीन र अमेरिकाबीचको नयाँ सम्बन्धको प्रारूप
चीनको विदेश नीतिमा चीन र अमेरिका सम्बन्ध सधैँ उच्च महत्वको छ । प्रजातन्त्र र मानवअधिकारको सवालमा दुई देशबीच आआफ्नै मूल्य र मान्यता भएपनि संसारका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच सँगसँगैको कामले द्विपक्षीय सम्बन्धलाई मात्र होइन मानवीय विकासलाई समेत असर पारेको छ । त्यसैले शक्तिशाली राष्ट्र र उदीयमान शक्ति राष्ट्रबीच शङ्का, उपशङ्का, कलहजस्ता पुरानो सोच दुई मुलुकबीचको सम्बन्धलाई सुहाउँदैन । ‘थुसीइडिज’ धरापबाट बच्न दुई महाशक्ति राष्ट्रले नयाँ खालको सम्बन्ध निर्माण गर्नुपर्छ । ग्रिसेली इतिहासमा के उल्लेख गरिएको छ भने उदीयमान शक्ति राष्ट्र र विद्यमान शक्ति राष्ट्रबीच युद्ध अवश्यम्भावी छ ।

मे २०१० मा चीन अमेरिका रणनीति र आर्थिक संवादको दोस्रो चरणको समयमा तत्कालीन राज्य परिषद्का सदस्य ताई पिङ्कुओले पहिलोपटक चीन अमेरिका सम्बन्धको नयाँ प्रारूप निर्माणको प्रस्ताव राख्नुभएको थियो । उहाँले भन्नुभएको थियो, “चीन र अमेरिकाले यस्तो सम्बन्ध स्थापित गर्नुपर्छ जसमा फरकफरक सामाजिक प्रणाली र सांस्कृतिक परम्परा तथा विश्वव्यापीकरणको युगमा फरक आर्थिक विकासको चरणमा रहेका मुलुकबीच सबैलाई लाभ हुने विशेषता भएको होस् ।” चिनियाँ नेताहरूले विभिन्न अवसरमा यस्तो विचार व्यक्त गरिरहेका छन् । नोभेम्बर २०१२ मा तत्कालीन राष्ट्रपति हु जिन्ताओले चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ राष्ट्रिय काङ्ग्रेसमा आफ्नो प्रतिवेदनमा भन्नुभएको थियो – ‘प्रमुख राष्ट्रसँग दीर्घकालीन स्थायित्व र दिगो आर्थिक बृद्धि हुने नयाँ प्रकारको सम्बन्ध स्थापना गर्न लागिपर्ने छ ।’ त्यो चीनको कूटनीतिमा रहिआएको महत्वपूर्ण आयाम छ ।

राष्ट्रपति भएदेखि सी जिङपिङले नयाँ तरिकाको चीन–अमेरिका सम्बन्ध निर्माणको विकास गर्नुभयो । सन् २०१३ र २०१४ को मार्चमा राष्ट्रपति ओबामासँग भएका ३ वटा भेटमा चिनियाँ राष्ट्रपतिले नयाँ सम्बन्धको प्रारूपबारे कुरा गर्नुभयो । विवादरहित, झगडाविहीन, परस्पर सम्मान र सबैको हित हुने सी जिङपिङको भनाइ थियो । चीनको आशय अमेरिकासँगको मतभेद र विवादलाई उपयुक्त तरिकाले व्यवस्थापन गर्ने र चीन अमेरिकाबीचको दीर्घकालीन सहयोगलाई साकार पोर्ने संकेत थियो । यद्यपि एउटा प्रश्न बाँकी नै छ, के ऐतिहासिक विवाद र सुरक्षा सङ्कटको पृष्ठभूमिमा यस्तै प्रकृतिको परिवर्तन चीन–जापान सम्बन्धमा पनि लागू गर्न सकिएला ?
चिनियाँ सामुद्रिक शक्तिको निर्माण
सन् २०१२ नोभम्बरमा चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ राष्ट्रिय काङ्ग्रेसमा चीन सामुद्रिक स्रोत उपयोगमा क्षमता अभिवृद्धि, सामुद्रिक अर्थतन्त्रको विकास, सामुद्रिक जैविक वातावरणको संरक्षण, चीनको सामुद्रिक अधिकार र चासोको सुनिश्चितता र चीनलाई सामुद्रिक शक्तिमा बदल्नको लागि जोड दिन पहिलोपटक प्रस्ताव राखिएको थियो । चिनियाँ विशेषतायुक्त समाजवाद निर्माण, दिगो र स्वस्थ आर्थिक विकासलाई प्रवद्र्धन गर्न राष्ट्रिय सार्वभौमिकताको रक्षा, सुरक्षा र विकास, समृद्ध समाजको निर्माणको लक्ष्य प्राप्ति र चिनियाँ राष्ट्रको महान् पुनर्संरचना हासिल गर्न चिनियाँ सामुद्रिक शक्ति निर्माण महत्वपूर्ण साधन हुनेछ भनेर २०१३ जुलाईमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोको आठौँ समूह अध्ययनमा राष्ट्रपति सी जिङपिङले जोड दिनुभएको थियो ।

चिनियाँ अर्थतन्त्रको तीव्र विकास सँगसँगै चीनको वैदेशिक ऊर्जा, खनिजका स्रोतहरू र खाद्यान्नमा परनिर्भरता झन् बढ्दै गएको छ । चिनियाँ अर्थतन्त्रले अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई ठूलो प्रभाव पार्दै गएको छ । यसैबीच चीनको वैदेशिक रुचिले चिनियाँ कूटनीतिमा महत्वपूर्ण अवस्था सिर्जना गरेको छ । आर्थिक सुरक्षालाई प्रत्याभूति दिन, अन्तर्र ाष्ट्रिय प्रभावलाई बढाउन, विदेशी ऊर्जा र खनिज पदार्थको स्रोतहरूलाई सुनिश्चित बनाउन सामुद्रिक विकासमा चीनले कदम चाल्नुपर्ने अवश्यंभावी छ ।
यद्यपि चिनियाँ सामुद्रिक शक्ति निर्माणको रणनीतिलाई चीनले सामूहिक सैनिक शक्ति (जलसेना) निर्माणमा प्राथमिकता दिएको रूपमा अथ्र्याउन मिल्दैन । बरु अति बिकसित सामुद्रिक प्रविधिको विकास, सामुद्रिक अर्थतन्त्रको विकास, सामुद्रिक स्रोतको उपयोगजस्ता कुरामा रणनीति बनाउन केन्द्रित छ । यसले सामुद्रिक अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रको एउटा खम्बा बनाउने चिनियाँ नेताहरूको अठोट प्रष्ट छ । सामुद्रिक स्रोतको दोहन, चिनियाँ सामुद्रिक अर्थतन्त्रको गुणस्तर र दक्षतामा अभिवृद्धि, सामुद्रिक विकासको क्षेत्रलाई फैलाउने र आर्थिक विकासको नयाँ इन्जिनको रूपमा सामुद्रिक अर्थतन्त्रलाई विकास गर्न राष्ट्रपति सीले आह्वान गर्नुभएको छ । यसैबीच सामुद्रिक उद्योगको योजना निवेशलाई र उदीयमान सामुद्रिक उद्योग र रणनीतिलाई अगाडि बढाउनुपर्छ किनभने आर्थिक वृद्धिमा तिनीहरूको योगदानलाई बढाउँदै राष्ट्रिय अर्थतन्त्रको खम्बा बनाउन प्रयत्न गर्नुपर्छ । अन्तर्र ाष्ट्रिय समुदायमा केही मानिसहरूमा के चिन्ता छ भने चीनको सामुद्रिक शक्ति रणनीति अमेरिकाको जस्तै नै चीनको विश्वव्यापी सामुद्रिक महाशक्ति बन्ने पूर्वसंकेत हो भनी चिन्तित हुनु गलत ठम्याइ हो ।

निश्चित रूपमा चीनको सामुद्रिक क्षमताले मुलुकको सार्वभौमिकता, सामुद्रिक अधिकार र चासोलाई सुनिश्चित गर्नुपर्छ भन्ने सिद्धान्तलाई पनि जोड दिन्छ । उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यहरूसितको तेस्रो अध्ययन अधिवेशनमा चीन शान्तिपूर्ण विकासको पथमा अडिग रहनेमा जोड दिनुभयो । कानुनी अधिकार र देशको हितलाई छोड्ने कुरै हुँदैछ न त यसको प्रमुख सिद्धान्तलाई नै छोड्छ । कुनैपनि विदेशी मुलुकले चिनियाँ राष्ट्रको प्रमुख हित अथवा चिनियाँ सार्वभौमिकतामा आउन सक्ने आँच, सुरक्षा र विकासको हितसित मोलमोलाइ गर्ने अपेक्षा नगरे हुन्छ ।

China’s Diplomacy in the Xi Era

CHINA TODAY

12 December 1014

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :