नवलपरासीमा प्रहरी अपरेशन

19429928_453568945004733_6504369512073554491_nकाठमाडौं/असार ११ः सुनवलमा दिउँसो भएको घटनालाई बहानामा प्रहरीले नवलपरासी जिल्लामा राती अपरेशन चलाएको छ । चुनाव नै नभएको क्षेत्रमा घर–घरमा पसेर कुटपिट गर्ने, धम्क्याउने, पक्राउ गर्ने गरिरहेको हाम्रा बुटवल सहयोगी प्रकाश डुम्रेले बताएका छन् । मध्यविन्दु नपा, सेरापाटाबाट दुर्गा बस्याललाई पत्रिका पसलबाटै पक्राउ गरिएको छ । भूमही सहकारी चोकमा बस्यालको पुस्तक पशल छ । त्यसैगरी सिद्धीमान खड्का र धनबहादुर कुमाललाई खड्काको घरबाट पक्रउ गरिएको छ । रातको समयमा छापा र खानतलसी जारी रहेकाले पक्राउ पर्नेको संख्या यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :