चौधरी समूहको मोटर ग्यारेजमा आगजनी

binod_chaudharyरातोखबर संवाददाता/विरगञ्ज, असार ११ः आइतबार विहान विरगञ्ज पावरहाउसस्थित चौधरी समूहको मेघा उलन कारखानाको प्राङ्गणमा पार्किङ्ग गरिरहेको स्थानमा हाइलक्स मोटरमा आगजनी भएको छ । सो कारखाना बन्द रहेको र चौधरी समूहले भारतबाट ल्याएका मोटर थन्क्याउने गर्दै आएको थियो । आगजनीमा ४ करोड भन्दा बढी क्षती भएको अनुमान गरिएको छ । घटनास्थल अहिले प्रहरी नियन्त्रणमा छ । घटना कसले र किन गरेको हो भन्ने कुरा अझै खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :