सुनवल बम विष्फोटको थप विवरण…….

bomb-blast

अम्बिका चन्द/काठमाडौं, असार ११: पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवल ३ स्थित सोमनाथ पुलमा भएको बम विष्फोटमा परि घाइते हुनेहरु अधिकांश माओवादी केन्द्रका कार्यकर्ताहरु रहेको बताइएको छ ।घाइते पाँचै जनालाई उपचारको लागि बुटवल अस्पतालमा राखिएको छ । काग्रेस, एमाले र माओवादी तीन ठूला दलको चुनावी ¥याली भइरहेको बेला उक्त विष्फोट भएको थियो । काग्रेस, एमाले र माओवादीले छुट्टाछुट्टै चुनावी ¥याली निकालेको बेला माओवादी कार्यकर्ता चढेको बसमा विष्फोट भएको प्रहरीले जनाएको छ । आइतवार दिउँसो ३ बजेतिर गराइएको बम विष्फोटनपछि जनजीवन निकै त्रसित बनेको थियो भने पूर्व पश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो । विष्फोट कसले र किन गराएको भन्ने कुरा खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :