महिला नेत्री गिरफ्तार/थप अनुसन्धान भइरहेको छ – प्रहरी

indira misra

काठमाडौं/असार ११ः मोरङ पथरीबाट आइतबार अपरान्ह ४ बजे अखिल नेपाल महिला संघ (क्रान्त्किारी) की केन्द्रीय सचिव इन्दिरा मिश्र ‘रचना’ र नेकपाका मोरङ जिल्ला सदस्य दिपक राईलाई मोरङ प्रहरीले गिरफ्तार गरेको छ । माेरका प्रहरी  निरीक्षक सन्ताेस निराैलाले मिश्रलार्इ इप्रका पथरी  हिरासतमा राखेर थप अनुशन्धान भइरहेकाे  बताएका छन् । उक्त गिरफ्तारीको विरुद्धमा अखिल नोपाल महिला संघ क्रान्तिकारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिकाे पूर्णपाठ– 

यही २०७४ असार ११ गते अपरान्ह ४ बजे अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सचिव इन्दिरा मिश्र संगठनात्मक कामको सिलसिलामा मोरङ जिल्लाको पथरीबाट सडकमा हिडिरहेको बेला प्रहरीले एक्कासी घेरा हाली उहाँलाई गिरफ्तार गरिएको छ ।
यो कथित लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिकको मौलिक अधिकारलाई समेत गम्भीर उल्लंघन गरी दैशैभरि हाम्रो संगठनका नेता, कार्यकर्ता, समर्थक, सर्वसाधारणलाई समेत पञ्चायती शैलीमा दमन, धरपकड र गिरफ्तार गरिएको छ । यो घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
संगठनका सचिवलगायत गिरफ्तारीमा पर्नुभएका सम्पूर्ण नेता, कार्यकर्तालाई तुरुन्त रिहा गर्न जोडदार माग गर्दछौँ । यदि यस कार्यमा विलम्ब गरिएमा यो राज्यका विरुद्ध प्रतिरोध गर्ने चेतावनीसमेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ । प्रतिरोधबाट आउने परिणामको जवाफदेही स्यवम् राज्य नै हुनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :