झापाका विभिन्न स्थानमा नेकपाको कोणसभा

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका विभिन्न स्थानमा कोणशभा सम्पन्न गरेको छ । सो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित २१ नेता–कार्यकर्ताहरूलाई सरकारले गिरफ्तार गरेको विरोधमा नेकपा झापाले जिल्लाका गौरीगञ्ज, शिवसाक्षी, मेचिनगर लगायतका क्षेत्रमा कोणसभा सम्पन्न गरेको हाे ।कोणसभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला नेताहरुले सरकारले आस्थाका आधारमा आफनो पार्टीमाथि दमन अभियान चलाएको भन्दै यसले देशलाई द्धन्द्धतिर धकेल्ने खतरा भएको बताए । सो पार्टीको राप्तीब्युरोस्तरीय बैठक तथा प्रशिक्षण सञ्चालन भइरहेको समयमा बैठकस्थल नै कब्जा गरी प्रहरीले दाङकाे राजपुरबाट नेकपाका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा नेकपाले कात्तिक ३ गते देशव्यापी जुलुस प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते प्रधानमन्त्री केपी वलीको पुतला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मशाल जुलुस र कात्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो ।

२०७६ कार्तिक ५ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :