नेकपाका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य एवम् रातो खबर साप्ताहिकका पूर्वनिर्देशक गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार बिहान सादा पोसाकका प्रहरीले लोहनीलाई चितवन स्थितडेराबाटै गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । उनी उपचारमा थिए । उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उक्त कुरा नेकपाले सोमबार जारी विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

२०७६ कार्तिक ५ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :