सरकारी प्रतिबन्धकाबीच संगठन सुदृढिकरण गर्दै सम्पर्क मञ्च

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्चले सरकारी दमन र प्रतिबन्धका बाबजुद पनि संगठन सुदृढिकरण र बिस्तार अभियान तिब्र पारेको जनाएको छ । सम्पर्क मञ्चले विभिन्न जिल्लाबाट काठमाडौँ आएकाहरुलाई संगठीत गर्नकालागि जनगणतान्त्रिक सम्पर्क समन्वय समिति अन्र्तगत विभिन्न जिल्लाहरुको भेला सम्पन्न गरेको छ । जसअन्तर्गत मञ्चले हालै तेह्रथुम–काठमाडौँको भेला सम्पन्न गरेको छ । भेलाले कृष्ण निरौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसका सदस्यहरुमा भिम निरौला, राजु भटराई, अर्जुन गुरुङ, भानु निरौला, सुमन कार्की चयन भएका छन् ।

यस्तै जनगणतान्त्रिक सम्पर्कमञ्च अन्तर्गत मकवानपुर–काठमाडौँको भेला सम्पन्न भएको छ । भेलाले दिपक रानामगरको संयोजकत्वमा ११ सदस्यीय समिति चयन गरेको छ । जसका सदस्यहरुमा धर्मराज बल, किरण सिंह ठकुरी, शिव चौधरी, सोमलाल लामा गरी ११ सदस्य चयन भएका छन् ।

यस्तै बारा–काठमाडौँ पनि भेला सम्पन्न भएको छ । भेलाले योगराज वाग्लेलाई संयोजक चयन गरेको छ । जसका सदस्यहरुमा हरि तामाङ, योगमाया राई, धर्मराज श्रेष्ठ, किरण मगर, शिव भोटे रहेकाछन् । सबै भेलाहरु सम्पर्क मन्चका केन्द्रीय अध्यक्ष रत्नमगरको उपस्थितिमा सम्पन्न भएको थियो । भेलामा बोल्दै अध्यक्ष मगरले नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकिकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन सबैलाई आग्रह गरेका छन् । साथै उनले सरकारी दमन र प्रतिबन्धको सामना गर्दै आफ्नो संगठन देशैभरी भेला सम्मेलन गर्न लागिपरेको बताए । अध्यक्ष मगरले  संगठन सुदृढिकरण अभियान अन्र्तगत विभिन्न जिल्लाहरुको भेला सम्मेलन गर्दै अघि बढिरहेको र अन्य जिल्लाहरुको पनि भेला सम्मेलन गर्ने कार्यक्रम रहेको जानकारी दिए । भेलाको संचालन खेम प्रधानले गरेका थिए भने ब्यवस्थापन नारायण रिमालले गरेका थिए ।

२०७६ कार्तिक २ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :