वीरजङ्ग सहित सबैलाई अनुसन्धानको लागि ५ दिनको म्याद थप

दाङ्ग: नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बैठक भइरहेको ठाउँबाट गिरफ्तार परेका साे पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जनालाई अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको छ । वीरजङ्ग सहित गिरफ्तार गरिएकासबैलाई जिल्ला अदालत घोराहीमा उपस्थित गराई प्रारम्भिकरुपमा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष प्रदिप गौतमले जानकारी दिएकाछन् । गिरफ्तार २१ लाई नै हातहतियार खरखजना तथा विस्पोटक पदार्थ सम्बन्धि मुद्दा लगाइएको छ ।  

बिहीबार राति दाङको राजपुर गाउँपालिका – ४ बाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र बुढा, रोल्पा इन्चार्ज प्रयास, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्व, दाङ सेक्रेटरी प्रदिपसहित २१ जनालाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको छ ।

२०७६ कार्तिक २ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :