निर्वाचन कार्यालयमा आक्रमण

काठमाडौं/असार ११ः नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आइतबार विहानै विराटनगर, उर्लाबारी, धरान, इटहरीलगायतका स्थानमा चुनाव खारेजी अभियान सफल पार्न भन्दै यत्रतत्र बम विष्फोट र आक्रमण गरेका छन् । आज विहानै विराटनगर–५ मा रहेको निर्वाचन कार्यालयमा बम विष्फोट गराएको कारण सो कार्यालयमा क्षती पुगेको समचार छ । त्यसैगरी उर्लाबारी नपाका मेयर पदका उम्मेदवार खड्ग फागूको घरमा बम राखिएको समचार आएपछि सो बम निस्क्रिय पार्न नेपाली सेनाको एउटा टोली घटनास्थलतिर गएको छ । त्यसैगरी धरान उपमहानगर पालिकामा नेकपा (एमाले) को एक टोली पार्टीका वरिष्ट नेता माधव नेपालसहित चुनाव प्रचारमा हिडिरहेको बेला नेकपाका कार्यकर्ताले अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :