स्वतन्त्र उम्मेदवार पनि खारेजीको निशानामा

अम्बिका चन्द/काठमाडौं, असार ११ः स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरु पनि चुनाव खारेजीको निशानामा परेका छन् । आइतबार विहान कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको घरमा चुनाव खारेजी अभियानमा रहेकाहरुले कालो झण्डा गाडेको बताइएको छ ।  

उद्योग बाणिज्य संघका केन्द्रीय सदस्यसमेत रहेका कुख्यात व्यापारी हमालले जनताका विरुद्ध प्रतिगमनकारी गतिविधि गरेकोले चेतावनी स्वरुप घरमा कालो झण्डा गाडिएको नेकपा स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :