नेकपाका सुनसरी इन्चार्ज र सेक्रेटरी गिरफ्तार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला इन्चार्ज र सेक्रेटरीलाई प्रहरीले सोमबार गिरफ्तार गरेको छ । प्रहरीले सोमबार इटहरीबाट इन्चार्ज लक्ष्मण पौड्याल ‘विश्वास’ र सेक्रेटरी सन्तोष बिष्ट ‘सन्देश’ लाई गिरफ्तार गरेको हो । बाटोमा हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको नेकपाले जनाएको छ ।उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको जनाइएको छ ।

२०७६ असोज ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :